Nepal Life

तीन वर्षदेखि हिमालयन बैंकका शेयरधनीको हात खाली, लाभांश बाड्न नपाउदा पूँजी भन्दा जगेडा कोष ठुलो

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Tue 11:11
तीन वर्षदेखि हिमालयन बैंकका शेयरधनीको हात खाली, लाभांश बाड्न नपाउदा पूँजी भन्दा जगेडा कोष ठुलो
National Life

काठमाडौं । हिमालयन बैैंकका शेयरधनीहरुले यस वर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश दिन सकेको छैन । राष्ट्र बैंकले लाभांशमा रोक लगाए सँगै बैंकले गत वर्षको मुनाफालाई पनि जगेडामै राख्ने भएको हो । 

NIMB

गएको आर्थिक वर्षमा बैंकले २ अर्ब ८३ करोड मुनाफा आर्जन गरे पनि नियामकीय व्यवस्थाका कारण प्रोभिजनिङ गर्नु पर्दा वितरण योग्य मुनाफा भने ऋणात्मक छ । खराव कर्जा बढ्दा बैंकको प्रोभिजनिङ ह्वात्तै बढेको हो ।

२१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ जम्मा भइसकेको छ । बैंकले तीन वर्षदेखि लाभांश वितरण गर्न नपाउदा पूँजी भन्दा जगेडा कोष बढि देखिएको हो । यदि बैंकले खराव कर्जा सल्टाएर प्रोभिजनिङ घटाउन सक्ने हो भने बम्पर लाभांश दिन सक्नेछ । अन्यथा जगेडा कोष हेर्ने बाहेक अरु केहि हुने देखिदैन । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया