बाहिर भनिए जस्तो तरलता सहज नभएको बैंकर्सको भनाइ, स्थानीय तहको पैसा निक्षेपमा गणना हुनु पर्यो

  • BFIS News
  • 2023 Aug Tue 18:25
बाहिर भनिए जस्तो तरलता सहज नभएको बैंकर्सको भनाइ, स्थानीय तहको पैसा निक्षेपमा गणना हुनु पर्यो

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बाहिर भनिए जस्तो तरलता सहज अवस्थामा नभएको प्रतिकृया दिएका छन् । आज बैंकर्स संघले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले भने ‘स्थानीय तहको पैसा राष्ट्र बैंकमा गएको छ । सो रकमलाई निक्षेपमा गणना गर्न नदिँदा बैंकिङ्ग प्रणाली अप्ठ्यारोमा रहेको छ । बाहिर भनिएको जस्तो तरलता सहज अवस्था छैन ।’

राष्ट्र बैंकले जारी गरेको सम्पत्ति वर्गिकरण गर्नु पर्ने नीतिले खराब कर्जा बढ्ने केसीको भनाइ छ । यस बारेमा बैंकहरुले थप अध्ययन गरिरहेको उनले प्रतिकृया दिए । खराव कर्जा बढ्न सक्ने विषयलाई थप जोड दिदै केसीले भने ‘पिपिए नहुँदा पनि कर्जा लगानी बढ्न सकेको छैन । लगानी नबढ्दा खराब कर्जा बढ्ने सम्भावना पनि बढेको छ ।’  

बजारमा कर्जाको डिमान्ड बढ्न नसकेको उनले बताए । उनले भने ‘बैंकहरुको कर्जा लगानी घटी रहेको । यसले बैंकिङ् क्षेत्रमा समस्या भइरहेको छ ।’

बैंकर्स संघले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको विषयमा आफ्नो दृष्टिकण सार्वजनिक गर्न कार्यक्रम आयोजना गरेको थियो । संघले चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शनको संशोधनलाई स्वागत समेत गरेको छ । संघका अध्यक्ष केसीले भने ‘राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनको नीतिमा गरिएको संशोधन सकरात्मक छ । यसले बजार चलायमान बनाउन सहयोग पुग्नेछ । राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई राहत हुने गरि सुविधा प्रदान गरेको छ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया