जटिल अवस्थामा पनि साग्रिला डेभलपमेन्टले शेयरधनीको हात खाली नगर्ने, ३.८४ प्रतिशत बोनस शेयर घोषणा
- BFIS News
- 2024 Dec Wed 10:39
काठमाडौं । सांग्रिला डेलपमेन्ट बैंकले जटिल अवस्थामा पनि शेयरधनीको हात खाली नराख्ने भएको छ । बैंकले यस वर्ष शेयरधनीलाई १३ करोड बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजी तीन र्अब ४३ करोड ९ लाख रुपैयाँको ३.८४ हुन आउने १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये बोनस शेयर ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश रहेकाे छ।
सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया