लुम्बिनी विकास बैंकले यस पटक ३ प्रतिशत बोनस शेयर सहित ७ प्रतिशत घोषणा
- BFIS News
- 2024 Dec Fri 12:41
काठमाडौं । लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस बैंकको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ । गत आर्थिक वर्षमा बैंकले ४ प्रतिशत बोनस सेयर र करसहित ४.५ प्रतिशत नगद गरी कुल ८.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया