प्रभु बैंकका शेयरधनीहरुले दुईदेखि पाएनन् लाभांश, लाभांश दिन नपाउदा जगेडा कोषमा १४ अर्ब नाघ्यो
- BFIS News
- 2024 Dec Sun 11:23
काठमाडौं । प्रभु बैंकले यस वर्ष पनि शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा पनि शेयरधनीलाई लाभांश दिन सकेको थिएन ।
खराव कर्जा तथा समग्र आर्थिक अवस्थाका कारण बैंकले लाभांश दिन नपाउदा जगेडा कोष भने थप बलियो भन्ने भएको छ । बैंकको जगेडा कोषमा १४ अर्ब नाघेको छ । मर्जर पछि पनि खासै कोष बलियो नदेखिएको प्रभुले राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश वितरण गर्न नपाउदा कोष थप बलियो भन्दै जाने देखिएको हो ।
बैंकले लाभांश विनानै लेखापरीक्षण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकले स्वीकृत गर्ने वित्तीकै बैंकले साधारणसभा आह्वान गर्न पाउने छ ।
प्रतिक्रिया