Nepal Life

प्रभु महालक्ष्मी लाइफबाट आर्यन खान सिओटी बन्न सफल, 'दुखमा बीमा खोजिदै गर्दा सुखमा नजर अन्दाज नगरौ'

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Dec Tue 11:42
प्रभु महालक्ष्मी लाइफबाट आर्यन खान सिओटी बन्न सफल,  'दुखमा बीमा खोजिदै गर्दा सुखमा नजर अन्दाज नगरौ'
National Life

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबाट आर्यन खान सन् २०२५ का लागि पहिलो कोर्ट अफ दि टेबल 'सिओटी' उपाधी हासिल गर्न सफल भएका छन् । उनले सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै प्रभु महालक्ष्मी लाइफबाटै यस वर्षको पहिलो सिओटीको उपाधी हासिल गरेका हुन् ।

NIMB

उनि तीन महिना अगाडी नै सन् २०२५ का लागि एमडिआरटी क्वालिफायर्ड भइसकेका थिए । एमडिआरटीका लागि ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमा शुल्क आर्जन गर्नु पर्छ । ३२ वर्षिय खानले छोटो समयमै व्यवसायिक लक्ष्य हासिल गर्दै आफुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेसमा चिनाउन सफल भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका खानले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै तीन पटक एमडिआरटी र एउटा सिओटीको उपाधी हासिल गरिसकेका छन् । सन् २०२२ देखि लगातार एमडिआरटी बन्दै आएका उनि प्रभु महालक्ष्मी लाइफमा सर्वाधिक धेरै बीमा गराउने अभिकर्ता भित्र पर्छन् ।

उनले हालसम्म ७ सय भन्दा धेरैको बीमा गराइसकेका छन् । गएको आर्थिक वर्षमा सर्वाधिक धेरै बीमा पोलिसी भित्र्याउने रेकर्ड बनाएका थिए । त्यस्तै सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा भने दोस्रो नम्बरमा थिए भने सबैभन्दा ठुलो बीमाङ्कको बीमा गराउने रेकर्ड पनि उनि सँगै छ । उनि प्रभु महालक्ष्मी लाइफको प्रेसिडेन्ट क्लब मेम्बर समेत भइसकेका छन् ।

ट्राभल एजेन्सी तथा मनिट्रान्सफर क्षेत्रमा संलग्न उनको सुरुवातिदिन देखिनै व्यवसाय र समाज सेवामा आफुलाई अगाडी बढाउने सोच बनाएका थिए । व्यवसायका अतिरिक्त समाजमा पनि केहि योगदान दिनु पर्छ भन्दै गर्दा उनलाई 'बीमा क्षेत्र' सबैभन्दा उपयुक्त लाग्यो ।

प्रभु महालक्ष्मी लाइफको बुटवल शाखाबाट व्यवसाय गर्दै आइरहेका उनि बीमाका लागि नेपालका विभिन्न ठाँउमा मात्रै नभएर विश्वका धेरै मुलुकमा पुगिसकेका छन् । बिमित ग्राहकहरुको सपोर्टका लागि चन्द्रौटामा र कतारको दोहामा आफ्नै चिफ एजेन्सी कार्यालय राखेका छन । आफ्नो काम तथा व्यवसायका क्रममा समेत उनले बीमा पोलिसी सँगै ल्याउछन् । उनि भन्छन् 'कुनै पनि काम गर्नका लागि मिसन भिजन बनाउनु पर्छ । हरेक मानिसले आफ्नो भिजन बनाइसके पछि जुनसुकै अवरोधहरु तोडिन्छन् ।'

निश्चित पारिवारिक क्षेत्रमा सिमित हुने अभिकर्ताका लागि उनि प्ररेणाका स्रोत बनेका छन् । परिवारिक सर्कल भन्दा बाहिर गएर बीमा गर्न सकिदैन भन्ने सोचमै उनले आफै अध्ययन गरे । उनि भन्छन् 'परिवार भन्दा बाहिर बीमा गर्न नसक्नुका कारण पत्ता लाइसके पछि त्यसका समाधान पनि खोज्दै गयो भने सफलता पाउन गाह्रो छैन ।'

उनि जुनसुकै पेशा तथा व्यवसायिक पृष्ठभुमीका व्यक्तिहरुको बीमा गराउन लागिपरिरहेका हुन्छन् । बीमा गराउनु भन्दा अगाडी बीमितको आर्थिक, पारिवारिक, सामाजिक र आम्दानीको अध्ययन गर्छन् । सबै कुराहरु सोधेर तथा अध्ययन गरेर मात्रै बीमाको लागि काउन्सिल दिन्छन् ।

सबै कुराको अध्ययन गरिसके पछि सम्बन्धित बीमितलाई कुन पोलिसी आवश्यक छ, कस्तो पोलिसी उपयुक्त हुन्छ भनेर विश्लेषण गरिसके पछि मात्रै तपाईको लागि यो पोलिसी एकदमै राम्रो हुन्छ भनेर अफर गर्छन् । यस क्रममा धेरैले उनको सुझावलाई स्वीकार गर्दै बीमा गराउन तयार हुन्छ भने कतिपयले मान्दैनन् ।

आम मानिसहरुले सहकारी जस्तै बीमा क्षेत्र पनि डुब्ने वा भाग्ने त होइन भनेर प्रश्न गर्दै गर्दा वित्तीय क्षेत्रमा हुने सूचना प्रवाहमा निकै सम्बेदनसिल हुनु पर्ने उनि बताउछन् । विश्वको इतिहासमा आजसम्म कुनै बीमा कम्पनि डुबेको रेकर्ड छैन र भबिस्यमा डुब्ने सम्भावना पनि हुदैन किनभने इन्स्योरेन्सले पनि आफ्नो रि इन्सुरेन्स गरेको हुन्छ र यसको  जीवन बीमा कोष अर्बौको हुन्छ भबिस्यमा बीमा कम्पनीमा समस्या आउने देखिएमा मर्जरमा जाने बाटो खुला हुन्छ तसर्थ बीमा कम्पनी कहिलै पनि डुब्ने खतरा हुदैन, उनले थपे । उनि भन्छन् 'यहि सन्दर्भमा हामीले सहि तरिकाबाट बुझाएर विश्वास जित्न सकियो भने मात्रै बीमा गराउन सक्छौ ।'

बीमा कम्पनी तथा बीमा मध्यस्थकर्ताले बीमाको क्षेत्रमा जागरण ल्याउनु पर्ने खान बताउछन् । उनि भन्छन् 'बीमालाई आधारभुत आवश्यकता अन्तर्गत पार्न सक्नु पर्छ । जसरी मानिसहरुलाई आजका दिनमा गास, बास र कपास अनिवार्य भए जस्तै भविष्यमा बीमा पनि अनिवार्य आवश्यकता बन्दै जाने छ ।'

भोलि परिआएको खण्डमा मानिसहरुले खोज्ने भनेको बीमालाई नै हो । दुख पर्दा सबैले बीमालाई खोज्न थालिसकेका छन् । कसैलाई केहि भइहाल्यो भने पनि बीमा छ कि छैन भन्ने चलन बढिसकेको छ, चाहे त्यो जीवन या त निर्जीवन बीमा नै किन नहोस् । उनि भन्छन् 'दुखमा बीमा खोजिदै गर्दा सुखको अवस्थामा यसलाई नजर अन्दाज गरिन्छ ।'

नेपाल जस्तो प्राकृति प्रकोपको उच्च जोखिम रहेको ठाउँमा बीमा अनिवार्य गर्नु पर्ने उनि बताउछन् । उनि भन्छन् 'सबैले परिवारका सदश्यहरु मध्ये कम्तिमा पनि एक जनाको बीमा गराउनै पर्छ ।  जीवन सँग सँगै आफ्नो सम्पत्तीको पनि बीमा गरियो भने भोलिका जस्ता सुकै जटिल अवस्था पनि ठुलो सहारा हुन्छ ।'

जीवन बीमा कम्पनीहरुले घातक रोगहरु विरुद्ध बीमा गराइरहेको छ यो सबैको लागि एकदमै महत्वपुर्ण रहेको उनि बताउछन् । अहिले क्यान्सर, हृदयघात लगायतका ठुला ठुला रोगबाट पिडित भइरहेको सन्दर्भमा यसबाट सुरक्षित हुन सकिन्छ । सामान्य घर परिवारका मानिसहरुले यस्ता रोगको उपचार गर्न सक्ने अवस्था छैन । केहि भइहाल्यो भने पनि चन्दा मागेर हिड्नु पर्ने अवस्था भएकाले पनि यस क्षेत्रमा सबैले सोच्नु पर्ने उनि बताउछन् ।

एउटा सामान्य मानिसले दिनको एक कप चियाको पैसा बचायो भने अहिलेको अवस्थामा १०/२० लाखको बीमा गराउन सकिने खान बताउछन् । उनि भन्छन् 'मानिसहरुले बीमा गराउने बेलामा जहिले पनि धेरै पैसा चाहिन्छ त्यसैले हामीले बीमा गर्न सक्दैनौ भन्ने मनस्थिति बनाएका हुन्छन् । यस्तो अवस्थामा हामी बीमाका मध्यस्तकर्ता तथा बीमा कम्पनीहरुले सहि सन्देश दिन सक्यौ र कम्तिमा पनि तपाईले दिनको ५० रुपैयाँ १०० रुपैयाँ बचाउनु भयो भने लाखकौ जोखिम कभर हुन्छ भन्नेर सिकाउदै हिड्नु पर्छ ।'

आम मानिसहरु बीमाको फाइदा र सुविधाको कुरा थाहाँ नभएर वा नबुझेर नै बीमा गर्न नमानिरहेका हुन्छन् । यदि उनिहरुलाई बीमा मार्फत आफ्ना बालबालिकाको लागि लाखौको फण्ड तयार पार्न सकिन्छ, उच्च शिक्षाका लागि ठुलो मद्दत पुग्छ भन्दै सहि तरिकाले बीमा बुझाउने हो भने बीमाको पहुँच क्रमिक रुपमा बढ्दै जाने खानको विश्लेषण छ ।

बीमा गर्दै गर्दा बीमा कम्पनी र मध्यस्थकर्ताले विश्वस्तरीय सेवा दिनु पर्ने उनि बताउछन् । उनि नेपाललाई प्रतिनिधित्व गर्दै २०२४ मा  भएको  एमडिआरटीएम ग्लोबल कन्फेरेन्स दुबई मा  सहभागी भएका थिए । वर्तमान परिवेशमा हाम्रा नेपाली दाजुभाई दिदि बहिनीहरु विदेशिने ट्रेन्ड चलिरहेको छ । बिदेशमा बस्दासम्म राम्रो आम्दानी गरिरहेका हुन्छन् । तर सहि तरिकाले पैसालाइ कसरी व्यवस्थापन गर्ने भन्ने आइडिया नहुदा नेपाल फर्किसकेपछि धेरै कस्ट र दुख पनि झेल्नु पर्नु अवस्था आउने भएकाले कम्तिमा आफ्नो आम्दानीको बीस प्रतिशत रकम बीमा मार्फत बचत गर्दा भबिस्यमा ठुलो सहारा हुने उनको सुझाव छ ।

बीमाको बारेमा बुझ्न राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार तथा विभिन्न कार्यक्रममा सहभागी भइसकेका उनले भारत, चीन, अमेरिका लगायतका मुलुकमा भएका अभ्यासलाई पनि अध्ययन गरे । अध्ययन पश्चात उनलाई नेपालको बीमा क्षेत्र निकै पछाडी रहेको अनुभुती भयो । उनि भन्छन् 'अन्य देशमा बीमा गराउन बीमित आफै बीमा मध्यस्थकर्ता समक्ष काउन्सिलका लागि आफै समय लिएर भेट्न पुग्छन् ।' किनकी ति मुलुकका मानिसहरु बीमा गराउनु पर्छ भन्नेमा सचेत छन् । मात्रै कुन पोलिसी लिदा उपयुक्त हुन्छ भन्ने कुराका लागि बीमाका विज्ञ अभिकर्ताहरु समक्ष पुग्दछन् ।  उनि भन्छन् 'जहाँ बीमितहरुले नै अभिकर्तालाई खोजी खोजी बीमा गराउनु पर्ने रैछ । तर नेपालमा बीमा अभिकर्ता आफै झोला भिरेर गाउँ गाउँमा गएर बीमा गराउनु पर्ने अवस्था छ । यसलाई अन्त्य गर्न जरुरी छ ।'

यसका लागि बीमा प्रतिको जनचेतना व्यापक रुपमा जगाउनु पर्ने उनि बताउछन् । यसका लागि बीमा कम्पनी र अभिकर्ता नै लाग्नु पर्ने खानको तर्क छ । उनले नेपालमा मात्रै नभएर विदेशमा गएर पनि हजारौ मानिसहरुमा बीमाको जागरण फैलाइरहेका छन् । उनले बीमा किन गर्नु पर्छ, बीमा गर्दा हुने फाइदाहरु र प्रक्रियाका बारेमा राम्रो सँग बुझाउने गरेका छन् । उनले अहिलेसम्म १० हजार भन्दा धेरै मानिसहरुलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरिसकेका छन् ।

बीमामा जागरण बढाउने उद्देश्यका साथ खानले शिवराज नगरपालिकामा ५० जना भन्दा धेरैको निःशुल्क बीमा गरादिएका थिए । आफैले बीमा शुल्क भुक्तानी गरिदिएर प्रत्येक व्यक्तिको २ लाखको बीमा गरिदिएका हुन् । उनको एक मात्रै उद्देश्य बीमा प्रतिको जनचेतना फैलाउने नै थियो । उनि भन्छन् 'सकिन्छ क्षमता अनुसारको सावधिक बीमा गर्नुहोस् सकिदैन थोरै खर्च गरेर जोखिम बहन हुने गरी आवधिक जीवन बीमा गर्नुहोस् । यसले कम खर्चमा ठुलो क्षतिबाट बच्न सकिन्छ ।'

सकारात्मक सोचका खान यदि सबैले आ-आफ्नो तर्फबाट राम्रो काम गर्यो भने मुलुक नै राम्रो बन्न सक्ने बताउछन् । बीमा गराउनु पनि एउटा धर्म भएको भन्दै उनि बीमाका क्षेत्रमा ठुलो जागरण ल्याउने सोचका साथ अगाडी बढिहरेका छन् ।

उनले बीमालाई अझ व्यवसायिक रुपमा अगाडी बढाउने सोच बनाएका छन् । यसका लागि आफ्नै सफ्टवेयर निर्माण गरिरहेका छन् । भोलिका दिनमा बीमितलाई जुनसुकै सूचना दिन सक्ने तथा दाबी भुक्तानीमा सहजता ल्याउन के गर्न सकिन्छ भनेर काम गरिरहेका छन् । भोलिका दिनमा बीमितले डकुमेन्टेसनकै कारण दाबी पाउन नसक्ने वा दुख नपाउने हिसावले केहि गर्न सकिन्छ भनेर लागिपरिरहेका छन् ।   

उनले अहिलेसम्म ७ सय भन्दा धेरैको बीमा गरिसकेका छन् । यति धेरै बीमितलाई उनिले नियमित रुपमा सेवा दिइरहेका हुन्छन् । कतिपय अवस्थामा बीमितले बीमा शुल्क भुक्तानी गर्न नसक्दा आफैले पनि हालिदिएर पनि मिलाउने गर्छन् ।

आफ्नो सफलतामा कम्पनीले ठुलो समय गरेको खान बताउछन् । मर्जर पछि प्रभु महालक्ष्मी रणनीतिक रुपमा फरक हिसावले अगाडी बढेको प्रति उनि एकदमै सन्तुष्ट छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रराइ तथा उच्च पदस्थ व्यक्तिहरुको साथ सहयोगले नै यहाँसम्मको सफलता हासिल गरिएको भन्दै उनि सबै प्रति कृतज्ञ छन् । अझ बीमित जसले उनलाई विश्वास गरेर प्रभु महालक्ष्मी लाइफमा बीमा गर्न राजी भए उनिहरु सबै प्रति उनि अनुग्रहित छन् । उनि भन्छन् 'ग्राहकहरुले विश्वास गर्नु नै हाम्रो लागि सबैभन्दा ठुलो सफलताको हो ।'

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया