Nepal Life

प्रिमियममा आइपिओ किन्नु भन्दा १३ प्रतिशत बोनस शेयर दिएको माछापुच्छ्रेको शेयरमा फाइदा

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Wed 13:27
प्रिमियममा आइपिओ किन्नु भन्दा १३ प्रतिशत बोनस शेयर दिएको माछापुच्छ्रेको शेयरमा फाइदा
Sanima Reliance

काठमाडौं । प्राथमिक बजारमा लगानीकर्ताको जति धेरै आकर्षण छ त्यो भन्दा कम दोस्रो बजारमा देखिन्छ । कम्पनीहरुले प्रिमियममा शेयर निष्काशन गर्दा पनि लाखौ लगानीकर्ताले आवेदन दिइहरहेका छन् । जवकी प्रिमियममा निष्काशन भएका कम्पनी भन्दा धेरै गुणा राम्रा कम्पनी दोस्रो बजारमा फालाफाल छन् ।

NIMB

प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेका कम्पनीले नेटवर्थको दुई गुणा मूल्य निर्धारण गर्दै गर्दा प्राथमिक बजारमा नेटवर्थकै हाराहारीमा शेयर खरिद गर्न सकिन्छ । आजै लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकको नेटवर्थ १५९ रुपैयाँ रहेको छ । जवकी बैंकले हरेक वर्ष लाभांश दिदै आएको छ । आजका दिनमा माछापुच्छ्रे बैंकले नेटवर्थको दुई गुणामा प्राथमिक शेयर निष्काशन गर्ने हो भने माग भन्दा १० औ गुणा आवेदन पर्छ ।

यहि नेटवर्थको दुई गुणा गर्दा बैंकको शेयर मूल्य ३१८ रुपैयाँ पर्न जान्छ । जवकी दोस्रो बजारमा बैंकको शेयर मूल्य लाभांश घोषणाकै दिनमा २७५ रुपैयाँ छ । विगत एक वर्षको अवधिमा बैंकको शेयर मूल्य हेर्ने हो भने अधिकतम २८३ र न्युनतम १९९ रुपैयाँसम्म तल झरेको छ ।

प्रिमियममा शेयर निष्काशन गरेको माण्डु हाइड्रोपावरको नेटवर्थ १२२ रुपैयाँ छ । प्राथमिक शेयर निष्काशन पछि यस्तो नेटवर्थ थप घट्छ । जवकी कम्पनीले प्रिमियम सहित २०६ रुपैयाँमा प्राथमिक शेयर जारी गरेको छ । प्रतिशेयर आम्दानी हेर्यो भने २६ रुपैयाँ देखाइएको छ । प्राथमिक शेयर निष्काशन पछि प्रतिशेयर आम्दानी १५ रुपैयाँमा झर्छ । अव कम्पनीले लाभांश दिन सक्ने भनेको १० प्रतिशत हो । अव १० प्रतिशत लाभांश दिन सक्ने हाइड्रोपावर प्रिमियममा शेयर किन्नु भन्दा यहि मूल्यमा यति नै लाभांश दिने बैंकको लगानी धेरै नै सुरक्षित हुन्छ ।

त्यस्तै ४३५ रुपैयाँमा शेयर बिक्री गर्न सफल भएको घोराहीको नेटवर्थ २२६ रुपैयाँ छ भने प्रतिशेयर आम्दानी एक रुपैयाँ पनि छैन । यसले शेयर धनीसँग उठाएको प्रिमियमबाट केहि लाभांश दिन सक्ने क्षमता बनाए पनि आफ्नै आम्दानीले लाभांश दिन मुस्किल देखिन्छ । तर दोस्रो बजारमा कम्पनीको सप्लाइ धेरै कम भएकाले बजार मूल्य प्रिमियम मूल्य भन्दा केहि माथि टिकाउन सकेको छ ।

बीमा कम्पनीहरुको अवस्था पनि त्यस्तै छ । बीमा कम्पनीहरुको पनि दोस्रो बजारमा तुलनात्मक रुपमा बजार मूल्य केहि राम्रो हुने भएकाले आकर्षण देखिन्छ । तर नेटवर्थकै हिसाव गर्ने हो भने अहिले बैंक बराबर कुनै पनि छैनन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया