राष्ट्र बैंकले कर्णालीलाई समस्याग्रस्त घोषणा गरे सँगै हच्किए लगानीकर्ता, फण्डामेन्टल राम्रो भएका कम्पनीमा बढ्यो आकर्षण
- BFIS News
- 2024 Dec Thu 16:26
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरे सँगै नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का अन्य बाणिज्य बैंकहरुको शेयरमा पनि चरम गिरावट देखिएको छ । यस अगाडी बैंकिङ कारोबार रोक्दा सर्किट लागेको कर्णालीलाई यस पटक भने नेप्सेले कारोबार गर्नबाटै रोक लगाएको छ ।
यसले गर्दा अन्य विकास बैंकको शेयर मूल्यमा चरम गिरावट आएको छ । अहिले विकास बैंक तथा फाइनान्सको खराव कर्जा चरम अवस्थामा छ । अधिकाम्सको कर्जा विग्रिएको छ । यसले गर्दा लगानीकर्ताले आफ्नो लगानी सिफ्ट गरेका हुन् ।
आज नेप्से सूचकमा सामान्य सुधार देखिए पनि विकास बैंकको सूचक १३६ अंकले गिरावट भएको छ । कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र नारायणी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । दोस्रो बजारमा विकास बैंक र फाइनान्सको शेयर सप्लाइ ज्यादै न्युन छ । बाणिज्य बैंकहरुको तुलनामा विकास बैंक र फाइनान्सको शेयर सप्लाइ कम भएकै कारण शेयर मूल्य धेरै माथि छ । अर्को तर्फ यि बैंकहरुको वित्तीय अवस्था राम्रो छैन । अझ फाइनान्सहरुको अवस्था नाजुक छ । खराव कर्जा ५ प्रतिशत भन्दा माथि छ । अधिकाम्स लाभांश दिन नसक्ने अवस्थामा छन् ।
यसले गर्दा आज बाणिज्य बैंक र माइक्रोफाइनान्समा लगानीकर्ता सिफ्ट भएका छन् । यद्यपी क्यापिटल गेन गर्नेका लागि अहिलेको घट्दो मूल्यले भोलिका दिनमा राम्रो प्रतिफल दिने निश्चित छ । लगानीकर्ताहरुले कम्पनीको वित्तीय अवस्था भन्दा पनि बजारमा चलखेल हुने कम्पनीलाई नै केन्द्रमा राख्दै कारोबार गरिरहेका हुन्छन् । यसले गर्दा कतिवेला लगानीकर्ता फस्ने हो टुङ्गो हुँदैन ।
प्रतिक्रिया