Nepal Life

सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने तेस्रो पटक टिओटी बन्न सफल, बीमा क्षेत्रकी प्रभावशाली महिला अभिकर्ता

Global Ime detail Page
  • BFIS News
  • 2024 Dec Thu 21:33
सानिमा रिलायन्स लाइफकी नमिता न्यौपाने तेस्रो पटक टिओटी बन्न सफल, बीमा क्षेत्रकी प्रभावशाली महिला अभिकर्ता
National Life

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीकी बरिष्ठ एजेन्सी म्यानेजर नमिता न्यौपाने लगातार तेस्रो पटक टप अफ दि टेवल  'टिओटी' बन्न सफल भएकी छिन् । न्यौपानेले २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क आर्जनको लक्ष्य पुरा गर्दै सन् २०२५ का लागि टिओटी बन्न सफल भएकी हुन् । 

NIMB

पढ्ने मानिसहरु अभकर्ता बन्नु हुँदैन भन्ने एउटा ट्रेण्ड छ । तर राजनीति शास्त्रमा स्नातकोत्तर र कानुन तर्फ एलएलबी उत्तीर्ण गरेकी विराटनगरकी नमिता न्यौपानेले बीमा क्षेत्रमा आफुलाई प्रभावशाली महिलाका रुपमा चिनाउन सफल भएकी छिन् । 

नेपाल बीमा प्राधिकरणले एकै पटक १० वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिए सँगै जीवन बीमा व्यवसायको विस्तार व्यापक रुपमा भयो । कम्पनीहरुले देशव्यापी रुपमा अभिकर्ताको सञ्जाल बढाए । यहि क्रममा नमिताका धेरै साथिहरु आइएमई लाइफमा आवद्ध भइसकेका थिए । ति नै साथिहरुले उनलाई आइएमई लाइफमा प्रवेश गराए । तर उनलाई खासै इन्ट्रेन्स भने थिएन । साथिहरुको आग्रहमा उनले अभिकर्ता कोड लिएर पहिलो पोलिसी आफ्नै छोरीबाट सुरु गरिन् ।

यसरी आफ्नै छोरीको बीमा गराएर अभिकर्ता पेशालाई शुभारम्भ गरेकी न्यौपानेले आजका दिनसम्ममा १३ सय भन्दा धेरैको बीमा गराइसकेकी छिन् । आइएमई लाइफमा काम गर्दा पहिलो वर्षमै उनि एजेन्सी म्यानेजर हुँदै सेल्फ कोडबाट सर्वाधिक व्यवसाय भित्र्याउने पहिलो नम्बरमा परिन् । त्यतिवेला एमडिआरटी, सिओटी, टिओटीको प्रचलन थिएन । यदि यस्तो अभ्यास भएको भए आफुले एमडिआरटी तथा सिओटीमै छनोट हुने गरी व्यवसाय गरेको उनि बताउछिन् ।

आइएमईबाट उनि २०२० मा तत्कालिन रिलायन्स लाइफमा प्रवेश गरिन् । रिलायन्स लाइफमा प्रवेश गर्ने वित्तीकै उनि रिलायन्स लाइफबाटै पहिलो एमडिआरटी बन्ने सौभाग्य प्राप्त गरिन् । त्यस पछि २०२१ मै उनि सिओटीमा पर्न सफल भइन् । यसरी लगातार एक पछि अर्को सफलता हासिल गर्ने क्रममा २०२२ मा टिओटी बन्न सफल भइन् । २०२३ का लागि भने उनि एमडिआरटी भइन् । सन् २०२४ कालागि दोस्रो पटक टिओटी बन्न सफल न्यौपानेले आफुलाई अब्बल अभिकर्ताको रुपमा प्रमाणित गर्दै तेस्रो पटक सन् २०२५ का लागि टिओटीमा पर्न सफल भएकी हुन् ।

उनि एमडिआरटी, सिओटी तथा टिओटीका सम्पुर्ण सम्मेलनमा भाग लिन अमेरिका, अष्ट्रेलिया, सिङ्गापुर गइसकेकी छिन् । उनले आफ्नो व्यवसायिक सफलतालाई राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा समेत प्रस्तुत गरिसकेकी छिन् । नेपालमा महिलाले केहि पनि गर्न सक्दैनन भन्ने भाष्यलाई चिर्दै नमिताले आफुलाई जीवन बीमा जस्तो कठिन पेशामा पनि सर्वोत्कृष्ट बनाउन सफल भएकी छिन् । अघिल्लो वर्षको भदौमा सिङ्गापुरमा सम्पन्न भएको एमडिआरटी सम्मेलनमा भाग लिएर फर्किएकी नमिता गएको वर्ष क्यानडा गइन् ।प्राय अभिकर्ताहरु व्यवसायिक लक्ष्य हासिल गरेर पनि ग्लोबल कन्फ्रेन्समा भाग लिदैनन् तर उनि हरेक सम्मेलनमा भाग लिन्छिन् । यसले अन्य नेपाली महिलाहरुलाई थप प्रोत्साहित गर्ने उनको भनाइ छ ।

उनको डाउनलाइनमा २०० हाराहारी अभिकर्ताहरु रहेका छन् । उनले आफ्नो ६/७ वर्षको अभिकर्ता यात्रामा १२ देखि १५ सय जनालाई बीमा गराइसकेकी छिन् । काम प्रतिको लगाव, व्यक्तिगत जनसम्पर्क, एउटा बीमितबाट अर्को बीमितमा पुग्न सक्ने कौशलता र वार्षिक योजनाले नै उनलाई यो सफलता हासिल गर्न ठुलो मद्दत पुर्याएको छ ।

सामान्य, निम्न मध्यम वर्गदेखि ठुला ठुला व्यक्तिहरुको समेत बीमा गराउन सफल नमिताले अहिलेसम्म न्युनतम ७५ हजार रुपैयाँको बीमाङ्कदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको बीमा गर्ने ग्राहक उनि सँग छन् । नमिताले सामान्य रोजगारी गर्ने व्यक्तिदेखि लिएर नेपालका विग हाउसका व्यक्तिहरुलाई समेत बीमा गराउन सफल भएकी छिन् । यो नै उनको सबैभन्दा ठुलो सफलता हो । अहिलेको चरम आर्थिक मन्दीको समयमा पनि उनले गएको मंसिरमा ४ करोड रुपैयाँको बीमा गराइन् ।

बीमितलाई बीमाको लागि मनाउने काम त्यति सजिलो काम होइन । यसका लागि सबैभन्दा पहिला बीमालाई नै राम्रो सँग बुझ्नु पर्छ । आफुले मात्रै बुझेर हुँदैन अरुलाई बुझाउन सक्ने क्षमता पनि राख्नु पर्छ । उनि भन्छिन् ‘जीवन बीमा पोलिसी बिक्री गर्न त्यति सजिलो छैन । त्यसमा पनि प्रतिस्पर्धाको बजार छ । घरै पच्छे अभिकर्ताहरु छन् ।’ उनले थपिन, ‘बीमाको आवश्यकताबारे बुझाउन सक्नु पर्यो । कम्पनीको प्रोफाइल तथा पोलिसीको बारेमा जानकारी गराउनु पर्यो । र उहाँहरुको आय स्रोतका आधारमा बीमा पोलिसी बिक्री गर्न सक्नु पर्यो । यति गर्न सकियो भने राम्रै नतिजा निकाल्न सकिदो रहेछ ।’

कसैले पनि अन्जान व्यक्तिलाई जीवन बीमा गराउन सक्दैन । त्यसैले कि त आफैले चिनेको हुनु पर्छ होइन भने कोहि न कोही मार्फत बीमित समक्ष पुग्नु पर्छ । उनले अहिलेसम्म गराएका बीमा मध्ये ८० प्रतिशत प्रत्यक्ष चिनेका व्यक्ति रहेका छन् भने २० प्रतिशत चिने जानेका मार्फत छन् ।

आफ्नै व्यवसाय पनि सञ्चालन गरिरहेकी नमिता हरेक दिन कामको सेड्युल बनाउछिन् । स्कुल अस्पताल एउटा सिस्टममा सञ्चालन हुने भएकाले सधै जानु पर्दैन । अर्को तर्फ बीमाका ग्राहक जतासुकै हुन्छन् । आफ्नो व्यवसायका दौरानमा भेटिने व्यक्ति नै किन नहुन्, राजनीतिक कार्यक्रममा भेटिने व्यक्ति नै किन नहुन् उनका लागि सबै ग्राहक पनि हुन् । यसरी आफ्ना हरेक काम कारबाही र व्यवसायमा संलग्न व्यक्ति सँग उनको दोहोरो सम्बन्ध बनाउने सधै प्रयास रहि रहन्छ । यहि प्रयासले उनको हरेक व्यक्ति सँग आत्मिय सम्बन्ध बन्ने गरेको छ ।

उनि भन्छिन् ‘यदि म बीमा नै गर्छु र अन्य काम गर्दिन भन्यो भने सफल होइदैन ।’ यसका लागि सबै क्षेत्रलाई उत्तीकै स्थान दिइनु पर्ने उनको विचार छ । उनले थपिन् ‘सबै क्षेत्रहरु सामाजिक, राजनीतिक, व्यवसायिक क्षेत्रमा जोडिदा कोहि न कोही क्लाइन्टहरु भेटिन्छन् । मेरो यहि अन्य क्षेत्रका व्यक्तिहरु सँगको सम्पर्कले गर्दा नै मैले बीमा गर्न सफल भएकी हु ।’ परिवारमा उनको श्रीमान र एक छोरी छिन् ।  

उनले जुन वर्षदेखि सानिमा रिलायन्स लाइफमा काम सुरु गरिन् त्यस वर्षदेखि नै सेल्फ तथा टिम तर्फको व्यवसायमै उनि पहिलो नम्बरमा पर्दै आइरहेकी छिन् ।  

अभिकर्ता पेशा महिलालाई शशक्तिकरण बनाउने एउटा राम्रो पेशा भएको उनि बताउछिन् । यदि राम्रो सँग अभिकर्ता पेशालाई नै अगाडी बढाउने हो भने नेपालमै बसेर लाखौ रुपैयाँ कमाउन सकिने र विदेश जानु नपर्ने उनको धारणा रहेको छ । यस पेशाका लागि व्यक्तिगत रुपमा लगानी गर्न नपर्ने भएकाले आफ्नो ज्ञान शिप र क्षमताको प्रयोग गर्दा पुग्छ । देश विदेश घुम्न पाउने भएकाले आफ्नो पहिचाहन पनि बनाउन पाइने हुँदा यो पेशा धेरै राम्रो रहेको उनि बताउछिन् ।

उनले एमडिआरटी लगायतका सम्मेलनमा जाने क्रममा विश्वका अभिकर्ताहरु सँग साक्षात्कार गर्ने अवसर समेत प्राप्त गरिन् । यसले पक्कै पनि उनमा निखारता ल्याएको छ । उनि यो पेशा प्रति धेरै सन्तुष्ट छिन् ।

उनले अहिलेसम्म जति पनि बीमा गराएकी छिन एउटा पनि पोलिसी सरेण्डर भएको छैन । साथै एउटा पनि पोलिसीमा दाबी परेको छैन । उनले सुरुवाति अवस्थामा बीमा गराएका आइएमई लाइफका बीमितको पनि नविकरण बीमा शुल्क एकदमै राम्रो छ । नविकरण बीमा शुल्क संकलनका लागि उनि आफै सहजिकरण गर्छिन् । यसरी १२ देखि १५ सय बीमिको उनि आफै बीमा कम्पनी हुन् । आर्थिक हिसावकिताव तथा प्रशासनिक कार्य कम्पनीले गरे पछि बीमितलाई गर्नु पर्ने सहजिकरण उनि आफैले गर्छिन् । यसले गर्दा नै उनि एक बीमितबाट अर्को बीमित समक्ष आफुलाई पुर्याउन सफल भएकी हुन् ।  

यदि कुनै बीमितले यस पटक बीमा शुल्क भुक्तानी गर्न सकिन भनेमा उनि सकेसम्म मनाउने कोसिस गर्छिन होइन तिर्नै नसक्ने अवस्था आएको हो भने केहि समयका लागि स्रोत समेत जुटाइदिने गर्छिन् । प्राय अभिकर्ताले एउटा कम्पनीबाट अर्को कम्पनीमा काम गर्दै गर्दा पुराना ग्राहकहरुलाई आफु सँग सँगै तान्ने गर्छन् तर उनले बीमितलाई कहिले पनि सरेण्डरका लागि प्रोत्साहित गर्दिनन् । जसले सरेण्डर गर्छु भन्छ उनिहरुलाई राम्रो सँग बुझाएर पोलिसीलाई निरन्तरता दिन लगाउछिन् ।

सानिमा रिलायन्स लाइफका पोलिसी अन्य कम्पनीको भन्दा सस्ता छन् । यसले गर्दा थोरै बीमा शुल्कमा ठुलो बीमाङ्कका बीमा पोलिसी खरिद गर्न सकिन्छ । जोखिम कभर गर्नका लागि भए पनि बीमितलाई उनले प्रत्साहित गर्ने गरेकी छिन् ।

बीमितले के के कुरामा ख्याल गर्नु पर्छ

नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी मध्ये जुनमा बीमा गर्दा पनि केहि फरक नपर्ने उनको भनाइ छ । यदि बीमितले व्यवासायिक अभिकर्ता सँग बीमा गरायो भने अभिकर्ताले हरेक कुरामा सहजिकरण गरिरहेको हुन्छ । भोलि दाबी पर्दा तथा सरेण्डर गर्नु पर्ने अवस्थामा पनि अभिकर्ताले सहजिकरण गर्ने भएकाले व्यवसायिक अभिकर्ता सँग मात्रै बीमा गर्नु पर्ने उनको भनाइ छ ।

बीमा भनेको व्यक्तिको सुरक्षा र बचत हो । यदि भवितव्य केहि भइहाल्यो भने क्षतिपुर्ती पाउने बातावरण बन्छ भने केहि नहुँदा राम्रो बचत हुन्छ । त्यसैले जीवन बीमा अनिवार्य गर्नै पर्छ । यस पछि अभिर्ताले बीमितलाई कत्तीकै मनाउन सक्छन् भन्ने कुरा हो । करोडौ बीमा शुल्क संकलन गर्दै गर्दा जवरजस्ती बीमा गरेर मात्रै सम्भव छैन । बीमा प्रतिको आवश्यकता बोध गराएर नै बीमा गराउनु पर्ने उनको धारणा छ ।

बीमितलाई पोलिसी छनोट गर्न दिनु पर्ने र बीमितको आम्दानीको स्रोत र क्षमता अनुसारको बीमा गराउन सक्नु नै सफल अभिकर्ताको परिचय हुने नमिता बताउछिन् । अर्को तर्फ बीमितलाई बीमा गराउन सधै प्रेरित गरिहनु पर्छ । 

बीमा अभिकर्ता पेशा सुरु गरेको ७ वर्षको अवधिमा उनले करिव १२ सय भन्दा धेरै व्यक्तिको बीमा गराउन सफल भइसकेकी छिन् । उनले अझै ५/७ वर्ष यहि गतिमा जीवन बीमा व्यवसाय गर्ने योजना बनाएकी छिन् । उनको अझै पनि टिम भन्दा सेल्फ कोडबाटै राम्रो व्यवसाय छ । अवका दिनमा टिमलाई पनि अझै मजबुद बनाउदै लैजाने उनको योजना रहेको छ ।

रणनीतिक रुपमा काम गर्ने हो भने जीवन बीमा व्यवसायमा धेरै नै अवसर रहेको उनको भनाइ छ । यसका लागि मानिसहरुको मनोविज्ञान थाहा पाउन सक्नु पर्छ । यसका साथै कुन सिजनमा कस्तो कस्तो व्यवसाय फस्टाउछ त्यसको अध्ययन गर्नु पर्ने उनको भनाइ छ । जुन सिजनमा जुन व्यवसाय फस्टाउछ त्यो सिजनमा तिनै व्यवसायीको बीमा गराउने योजना बनाउने हो भने बीमा क्षेत्रमा कहिले पनि मन्दी नआउने उनिको धारणा छ । जीवन बीमा अभिकर्ता पेशामा लाग्ने जो कोहीले आफुले आफैलाई मोटिभेट गर्न सक्नु पर्छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार