Nepal Life

शेयर बजारलाई अनुत्पादनमुलक भन्नेले बुझ्नै पर्ने तथ्याङ्क: आइपिओबाटै ७ वर्षमा ९० अर्बको पूँजी संकलन

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 13:58
शेयर बजारलाई अनुत्पादनमुलक भन्नेले बुझ्नै पर्ने तथ्याङ्क: आइपिओबाटै ७ वर्षमा ९० अर्बको पूँजी संकलन
Sanima Reliance

काठमाडौं । शेयर बजारलाई जुवाघरदेखि अनुत्पादनमुकल क्षेत्रको रुपमा  मार्केट भन्दै गर्दा गएको आर्थिक वर्षमा मात्रै ४२ वटा कम्पनीले प्राथमिक बजारबाट २२ अर्ब ३७ करोड रुपैयाँ प्राथमिक पूँजी संकलन गरेका छन् । यो पूँजी पुर्ण रुपमा प्रोडक्टिभ पूँजी हो । प्राथमिक बजार कम्पनीहरुको पूँजी जुटाउने बलियो आधार बन्दै गएको छ ।

NIMB

पुर्व अर्थमन्त्रीहरु डा. बाबुराम खतिवडाले शेयर बजारलाई जुवाघर भनेका थिए भने डा. युवराज खतिवडाले अनुत्पादनमुलक क्षेत्र भने पछि शेयर बजारमा ठुलो गिरावट आएको थियो । शेयर बजारमा सामान्य स्पेकुलेसन हुनु स्वभाविक भए पनि समग्र बजारलाई नै जुवाघर तथा अनुत्पादनमुलक भन्नु गलत भएको बजार विश्लेषक निरञ्जन टिवरेवाला बताउछन् ।

यदि दोस्रो बजार नहुने हो भने प्राथमिक बजारबाट यति ठुलो लगानी उठाउन सम्भव छैन । दोस्रो बजारमा शेयर बिक्री गरेर राम्रो पैसा कमाउन सकिन्छ भनेर नै प्राथमिक लगानीकर्ताले शेयर खरिद गर्ने गर्छन् । अझ अहिले वैदेशिक रोजगारमा गएका नेपालीदेखि लिएर विश्वमा भएका सम्पुर्ण नेपालीहरुले प्राथमिक बजारमा लगानी गरिरहेका छन् । यदि यस्तो अवस्था हुने थिएन भने जस्ता सुकै नराम्रा र महंगो प्रिमियममा निष्काशन गरिएका आइपिओमा माग भन्दा १० ‍औ गुणा बढि आवेदन पर्ने गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २८ वटा कम्पनीहरुले प्राथमिक बजारबाट ७ अर्ब २० करोड रुपैयाँ उठाएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा २२ वटा कम्पनीले १५ अर्ब १८ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गरेका थिए । यसरी विगत ७ वर्षको अवधिमा १७१ वटा कम्पनीले ८९ अर्ब ६३ करोड रुपैयाँको आइपिओ निष्काशन गरेका छन् ।

यस वर्ष घोराही सिमेन्टले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४०० रुपैयाँको दरमा ३ लाख ९७ हजार र सर्वसाधारणका लागि ४३५ रुपैयाँका दरले ७५ लाख ४६ हजार कित्ता शेयर निष्काशन गरेर तीन अर्ब ४४ करोड रुपैयाँ संकलन गरेको छ । आइएमई लाइफले एक करोड २० लाख कित्ता शेयर निष्काशन गरेर २ अर्ब ७६ करोड रुपैयाँ उठाएको छ । त्यस्तै भगवती हाइड्रोपावरले प्रति कित्ता ११६ रुपैयाँको दरले १४ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेर १६ करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले प्रतिकित्ता २५७ रुपैयाँको दरले एक करोड २० लाख कित्ता शेयर जारी गरेर २ अर्ब ९८ करोड उठाएको छ  । माण्डु हाइड्रोपावरले प्रति कित्ता २०६ रुपैयाँको दरले एक १६ लाख ३६ हजार कित्ताको दरले ३३ करोड ७० लाख रुपैयाँ उठाएको छ । सन नेपाल लाइफले प्रति कित्ता २३९ रुपैयाँको दरले ९६ लाख कित्ता शेयर निष्काशन गरेर २ अर्ब २२ करोड उठाएको छ ।

सिटिजन नेपाल लाइफले प्रति कित्ता २४४ रुपैयाँको दरले एक करोड १२ लाख कित्ता निष्काशन गरेर २ अर्ब ६६ करोड उठाउदै छ ।

चरम आर्थिक मन्दीमा पनि प्राथमिक बजारबाट यति ठुलो रकम उठाउनु भनेको सवल पक्ष हो । अहिले कसैसँग सापटी माग्दा समेत पैसा हाता नपर्ने समयमा प्राथमिक बजारबाट अर्ब अर्ब रुपैयाँ उठाउन सफल भएका छन् । कुनै पनि देशको आर्थिक विकासका लागि पूँजीबजार लगानी जुटाउने खम्बा हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया