Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालेको एक महिनामा पनि दिएनन् आइपिओको अनुमति, ५० अर्बको आइपिओ पाइपलाइनमा

National Life
  • BFIS News
  • 2024 Dec Sat 10:10
धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालेको एक महिनामा पनि दिएनन् आइपिओको अनुमति, ५० अर्बको आइपिओ पाइपलाइनमा
RBB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष पाएको एक महिना वितिसक्दा पनि पाइपलाइनमा रहेका कम्पनीले आइपिओ निष्काशनको अनुमति पाउन सकेका छैनन् । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले मंसिर १० गतेदेखि कार्यभार सम्हालेका थिए । 

NIMB

व्यवसायिक पृष्ठभुमीका श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष पद सम्हाल्न हम्मे हम्मे परिरहेको बुझिएको छ । स्रोतका अनुसार उनले अझै पनि कामको मेसो पाउन सकेका छैनन् । उनका लागि यो कार्यकारी भुमिकामा पहिलो अनुभव हो । विभिन्न कम्पनीको सञ्चालक पदमा रहेर काम गरे पनि उनि सँग प्रथम व्यक्ति भएर नेतृत्व सम्हालेको अनुभव छैन । जवकी बोर्डमा २० औं वर्षदेखि काम गरेका कार्यकारी निर्देशक तथा निर्देशकहरु छन् । यस्ता व्यक्तित्वहरुलाई हातमा लिएर काम गर्नु नै उनका लागि सबैभन्दा धेरै चुनौतीपुर्ण छ । यी सबै चुनौतीलाई चिरेर आफुलाई फुल फ्लेजमा अगाडी बढाउन केहि समय लाग्ने देखिएको छ । 

यसले गर्दा उनले कम्पनीहरुलाई आइपिओ निष्काशनको अनुमति दिन सकेका छैनन् । केहि कम्पनीहरु आइपिओ निष्काशनको अनुमति माग गर्दै वर्ष दिन भन्दा लामो समयदेखि पर्खिरहेका छन् । 

हेर्नुहोस् कुन समुहबाट कुन कुन कम्पनीले निष्काशन गर्दै छन् आइपिओ

नेपाल धितोपत्र बोर्डमा ८२ वटा कम्पनी आइपिओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएर बसेका छन् । बोर्डले एक वर्षदेखि २ वटा कम्पनी बाहेक कसैलाई पनि अनुमति दिन सकेको छैन । लामोसमयसम्म कार्यकारी अधिकृत पद रिक्त हुँदा बोर्डले अनुमति दिन नसकेको हो । अझै पनि बोर्डका अध्यक्षले प्रक्रिया अगाडी नबढाउदा अझै संख्या थपिदै जानेछ । यसरी अनुमति नदिदा जलविद्युत कम्पनीहरुले आवश्यक पूँजी उठाउन पाइरहेका छैनन् । समयमा पूँजी नपाउदा हाइड्रोपावरको लागत नै बढ्न जान्छ । जति सक्दो छिटो सर्वसाधारण सँग पैसा उठाएर कम्पनीले लैजान पाउछन् बैंकलाई तिर्नु पर्ने व्याज खर्च पनि घट्न जान्छ । 

अर्को तर्फ अव बोर्डले एकै पटक अनुमति दिन थाल्यो भने भोलिका दिनमा आइपिओ बिक्री नहुने डर छदै छ । यदि बजार बढ्दो क्रममै आइपिओ आयो भने बिक्री हुने सम्भावना उच्च हुन्छ अन्यथा सर्वसाधारणले पनि खरिद गर्न छाडिदिने छन् । 

हेर्नुहोस् कुन समुहमा कुन कुन कम्पनीले आइपिओ निष्काशन गर्दै छन्ः

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया