NIMB Header 2
Nepal Life

मनास्लु क्षेत्रमा पर्यटकलाई उद्धारमा समस्या

National Life
  • BFIS News
  • 2025 Oct 31 17:04
मनास्लु क्षेत्रमा पर्यटकलाई उद्धारमा समस्या
Sanima Reliance

सुलीकोट, कात्तिक १४ गते। मनास्लु क्षेत्र घुम्न गएका काठमाडौं टोखा नगरपालिका–६ की ४४ वर्षीया मिनु इन्द्र लम्सालको दुई दिनदेखि उद्धार हुन कठिनाइ भएको छ।

Shikhar
NIMB

भारी बर्षाले मनास्लु क्षेत्रमा  बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका–५ बिहीमा पैदल यात्राका क्रममा भीरबाट खसेको ढुंगाले लागेर लम्साल गम्भीर रूपमा घाइते भएको हो। प्रतिकूल मौसमका कारण उद्धार कार्य गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।

‘घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ,’ उहाँले भन्नुभयो, ‘मानिसले बोक्दै ल्याउँदा अझ जोखिम हुने भएकाले स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा लम्साललाई स्थानीयको एक घरमा राखिएको छ।’

प्रहरीका अनुसार, टाउकोमा गम्भीर चोटका कारण लम्साललाई उपचारका लागि काठमाडौं लैजानुपर्ने भए पनि खराब मौसमका कारण हालसम्म लैजान नसकिएको हो। उक्त घटनास्थल इलाका प्रहरी कार्यालय लार्केबाट दक्षिणतर्फ पर्ने बुरनभीर क्षेत्रमा रहेको छ, जहाँ पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया