वित्तीय अवस्था कमजोर भएका लो क्यापका वित्तीय संस्था उचाल्नेहरु हच्किए, राष्ट्र बैंकको कदम पछि डराए लगानीकर्ता
- BFIS News
- 2024 Dec Sun 15:24
काठमाडौं । वित्तीय अवस्था कमजोर भएका लो क्यापका वित्तीय संस्थाहरुको शेयर भाउ बढाउने ट्रेडरहरु हच्किएका छन् । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई संकटग्रस्थ घोषणा गरे सँगै नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्दा लगानीकर्ताहरु हच्किएका छन् ।
खराव कर्जा धेरै भएका विकास बैंक तथा फाइनान्सको शेयर मूल्य पनि लगातार बढाइरहेका थिए । कतिपय विकास बैंक र फाइनान्स खराव कर्जा अत्याधिक धेरै हुँदा लाभांश वितरण गर्नै नसक्ने अवस्थामा छन् । तर ति नै संस्थाको शेयर मूल्य एक हजार भन्दा माथि छ । राष्ट्र बैंकले यस अगाडी कर्णाली डेभलपमेन्ट बैंकको अवस्था निकै नाजुक भएको पाए पछि निक्षेप संकलन तथा कर्जा लगानीमै रोक लगाएको थियो । तर सोही दिन बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।
बैंककै ठुला लगानीकर्ताले बैंकको बजार भाउ तल झर्न नदिन बजारको सप्लाइ सबै खरिद गरिदिए पछि सर्किट लाग्यो । नेप्सेले कारोबार रोक लगाए सँगै उक्त लगानीकर्ताहरुनै कारोबार फुकाउनु पर्यो भन्दै लविङ गरिरहेका छन् । लोक क्यापका कम्पनीको शेयर होल्ड गर्ने र बजारमा सप्लाइ हुन नदिएर मूल्य उचाल्ने प्रबृत्ती बढ्दै गइरहेको छ । जसले गर्दा कम्पनीको फण्डामेन्टल अवस्था एकातिर बजार भाउ अर्को तिर देख्न सकिन्छ ।
कुनै समय बीमा कम्पनी तथा बाणिज्य बैंकको शेयरमा पनि यस्तै हुन्थ्यो । अहिले बीमा कम्पनी तथा बाणिज्य बैंकको शेयर सप्लाइ अधिक छ । जसको सप्लाइ ग्रहण गर्न सक्ने क्षमता कसैमा पनि छैन । जसले गर्दा अधिकाम्स बाणिज्य बैंकको शेयर मूल्य अण्डर भ्यालु छन् । फण्डामेन्ट एकदमै राम्रो भएका कम्पनीहरु अण्डर भ्यालु हुने र वित्तीय अवस्था एकदमै खराव हुनेहरुको शेयर मूल्य चुलुनुले सोझा साझा लगानीकर्ताहरु फस्ने डर बढ्दै गइरहेको छ ।
हुन त दोस्रो बजार भनेको जोखिम ग्रहण गर्न सक्नेका लागि मात्रै हो । जसले नोक्सानीलाई पनि सहन गर्न सक्छ उनिहरुले नै बजारमा कारोबार गर्नु पर्छ भनिन्छ । यसो भन्दै गर्दा फलानो लो क्यापको कम्पनीको मूल्य बढ्छ उठाउनु फाइदा हुन्छ भन्दै सोझा साझा लगानीकर्ता फसाउन खोज्नु पनि जायज छैन ।
अर्को तर्फ सामान्य अवस्थामा जस्ता सुकै कमजोरीलाई पनि आखा चिम्लने र नियामकले कुनै एक्सन लिन थाल्यो भने तत्काल प्रतिक्रिया जनाएर अगाडी बढ्नु पनि न्यायोचित छैन । आइतबार नेप्से सूचक २१.१२ अंकले घट्यो । नेप्से सूचक २६०९ अंकमा झर्दा कारोबार रकम भने ५ अर्ब नाघेको छ ।
यस घटना क्रमले अवको केहि समय बजारमा राम्रै गिरावट आउने देखिएको छ । यद्यपी नयाँ लगानीकर्ता तथा जो सँग थप पूँजी लगानी गर्न सक्ने क्षमता छ, उनिहरुका लागि भने राम्रो अवसर आउने पक्का छ । बजारमा घटे पछि बढ्छ र बढे पछि घट्छ यो सर्वव्यापी नियम नै हो ।
आज विकास बैंक र फाइनान्सको सूचकमा भारी गिरावट आएको छ । यति हुँदा हुँदै पनि माइक्रोफाइनान्सको शेयर मूल्यमा भने लगातार सुधार आइरहेको छ । लगानीकर्ताहरु जो हिजोका दिनमा फाइनान्स र विकास बैंकमा कारोबार गर्थे उनिहरु अहिले लघुवित्तमा फर्किएका छन् ।
कतिपय सूचिकृत कम्पनीको वित्तीय अवस्था नराम्रो भए पनि शेयर बजारलाई फेबर गर्ने तत्वहरु भने धेरै छ । बैंक व्याजदर निकै तल झरिरहेको छ । लगानीकर्ताहरु सँग लगानी योग्य रकम बढिरहेको छ । आर्थिक अवस्थामा क्रमिक सुधार देखिदैछ । शेयर बजारले नरुचाएका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यहि चैतमा सकिदैछ । बाणिज्य बैंक तथा राम्रो वित्तीय अवस्थाका कम्पनीहरुको शेयर पूँजी भन्दा जगेडा कोष बढि देखिन थालेको छ ।
प्रतिक्रिया