Nepal Life

नबिल बैंकका मनोज ज्ञवाली सिनियर डिसिइओमा बढुवा

NMB Bank
  • BFIS News
  • 2024 Dec 29 21:37
नबिल बैंकका मनोज ज्ञवाली सिनियर डिसिइओमा बढुवा
National Life

काठमाडौं, पुस १३ । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका छन् । 

Shikhar
NIMB

बैक सञ्चालक समितिले गत २६ तारिखमा बढुवाको निर्णय गरेको थियो। तर, ज्ञवालीलाई आईतबार पत्र दिएको हो। ज्ञवालीले २०७७ जेठमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजिनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए। त्यसपछि महाप्रबन्धक हुँदै डिसिओ (डिपुटी सीईओ) बनेका ज्ञवाली आइतबारदेखि सिनियर डिसिओमा बढुवा भएका हुन्।

ज्ञवालीसँगै बैंकमा अब दुई जना सिनियर डिसिओ भएका छन्। यसअघि नै सुजितकुमार शाक्यले नबिल बैंकका सिनियर डिसिओको रूपमा काम गर्दै आएका थिए। यसले बैंकको उच्च व्यवस्थापन टोलीलाई अझ बलियो बनाएको विश्वास बैंकले गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया