एनआइसी एशिया सहित चार बाणिज्य बैंकले पुसमा सधारणसभा गर्न सकेनन्, ११ वटाले लाभांश दिदा बाँकीको हात खाली
- BFIS News
- 2024 Dec Mon 09:49
काठमाडौं । बाणिज्य बैंकहरु मध्ये ११ वटाले मात्रै शेयरधनीलाई लाभांश दिएका छन् । गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ९ वटा बैंकका शेयरधनीको हात खाली हुने भएको छ ।
अहिलेसम्म १७ वटाले साधारणसभा टुङ्गो लगाएका छन् भने अझै तीन वटाको साधारणसभा कहिले हुने अत्तोपत्तो छैन । एनआइसी एशिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नेपाल बैंकले अझै पनि साधारणसभाको घोषणा गर्न सकेका छैनन् ।
हालसम्म एभरेष्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नविल बैंक, सिटिजन बैंक, प्राइम बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् । एनएमबी बैंक, सिद्धार्थ बैंक, माछापच्छ्रे बैंक, नेपाल एसबिआइ बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक र लक्ष्मी सनराइज बैंकले साधारणसभाको मिति तय गरिसकेका छन् ।
लाभांश वितरणमा खुम्चिदै बाणिज्य बैंक
बाणिज्य बैंकहरुको लाभांश हरेक वर्ष खुम्चिदै आइरहेको छ । प्रतिकुल आर्थिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउदा बाणिज्य बैंकहरुको लाभांश खुम्चिएको हो । यस वर्ष सबैभन्दा धेरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा धेरै २५.५ प्रतिशत लाभांश वितरण गरेको छ । दोस्रो धेरे एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिएको छ ।
नेपाल एसबिआइ बैंकले १०.६५ प्रतिशत दिदा नबिल बैंकले १० प्रतिशत वितरण गरिसकेको छ भने कृषि विकास बैंकले पनि १०.५३ प्रतिशत दिने घोषणा गरेको छ । बाँकी लक्ष्मी सनराइज बैंकले ५.२५ प्रतिशत, ग्लोबल आइएमइले ५.५ प्रतिशत, सिद्धार्थले ४ प्रतिशत, प्राइम बैंकले ५ प्रतिशत, सानिमा बैंकले ५.२६ प्रतिशत, सिटिजनले ४.२१ प्रतिशत लाभांश दिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १२ वटाले लाभांश दिएका थिए । यस वर्षमा एनआइसी एशियाले सबैभन्दा धेरै ३०.५२ प्रतिशत लाभांश दिएको थियो तर यस वर्ष लाभांश दिन सक्ने अवस्थामा छैन । गएको वर्ष लाभांश दिएका राष्ट्रिय बाणिज्य बैंक (५.५ प्रतिशत) र माछापुच्छ्रे (१४ प्रतिशत) बैंकले यस वर्ष दिएनन् । आर्थिक वर्ष २०७७/७८ मा १७ वटाले बाणिज्य बैंकले लाभांश दिएका थिए ।
आर्थिक वर्ष २०७७/७८ पछि बाणिज्य बैंकहरुले राम्रो सँग लाभांश वितरण गर्न नपाउदा बैंकहरुको जगेडा कोष पूँजी भन्दा बलियो हुँदै गइरहेको छ ।
बाणिज्य बैंकहरुको लाभांश तथा साधारणसभा
प्रतिक्रिया