Nepal Life

नेशनल लाइफकी शर्मिला अर्याल सिओटी बन्न सफल, 'हरेक मानिसका लागि बीमा खाना जत्तीकै अपरिहार्य छ'   

National Life
  • BFIS News
  • 2024 Dec Mon 18:59
नेशनल लाइफकी शर्मिला अर्याल सिओटी बन्न सफल, 'हरेक मानिसका लागि बीमा खाना जत्तीकै अपरिहार्य छ'   
RBB

काठमाडौं । नेशनल लाइफकी एजेन्सी म्यानेजर शर्मिला पाण्डे सन् २०२५ का लागि कोर्ट अफ दि टेबल 'सिओटी' उपाधी हासिल गर्न सफल भएकी छिन् । उनले सन् २०२५ का लागि कुल एक करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमा शुल्क आर्जनको लक्ष्य पुरा गर्दै नेशनल लाइफबाट सिओटीको लक्ष्य हासिल गर्न सफल भएकी हुन् ।

NIMB

उनि विगत ५ वर्षदेखि लगातार एमडिआरटी बन्दै आइरहेकी छिन् । अर्याल सन् २०२४ का लागि पनि सिओटी बन्न सफल भएकी थिइन् । उनले अभिकर्ताको काम गर्न सुरु गरेको ६ वर्ष भयो । बुटवलको मणिग्राम शाखाबाट काम गर्दै आइरहेकी उनले बीमा अभिकर्ताको काम सुरु गरेदेखि पछाडी फर्केर हेर्नु परेको छैन ।

स्नातक तहसम्मको अध्ययन गरेकी उनले केहि समय विद्यालयमा पढाइन् । घर परिवार तथा छोरीहरुको हेरचाह पछिको अधिकाम्स समय बीमामै दिदै आइरहेकी उनलाई श्रीमानले पनि राम्रो साथ सहयोग गर्दै आइरहेका छन् । उनले अहिलेसम्म ४/५ हजार भन्दा धेरैको बीमा गराइसकेकी छिन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा सेल्फ कोडबाट नेपाल तेस्रो हुन सफल शर्मिलाले जस्तो सुकै जटि परिस्थितिमा पनि आफुलाई अब्बल रुपमा प्रस्तुत गर्दै आइरहेकी छिन् । उनि भनिछन् 'बीमाले मानिसहरुलाई अनुशासित रुपमा बचत गर्न सिकाएको छ । अहिलेको अवस्थामा बैंकको व्याजदर निकै कम छ । घरजग्गाको कारोबारमा पनि मन्दी आइरहेको अवस्थामा बीमा लगानी, बचत र सुरक्षा तीनवटै दृष्टिकोणबाट सबैभन्दा उत्तम विकल्प बनेको छ ।' उनले थपिन्, अवस्था जटिल भए पनि हामीले बीमाको बारेमा राम्रो सँग बुझाउन सक्यौ भने बीमा गराउन सकिन्छ ।

उनले ५ हजार भन्दा धेरैको बीमा गराइसकेकी शर्मिलाको अनुभवमा नेपालमा बीमा गराउन र बुझाउन धेरै गाह्रो छ । उनि भन्छिन् 'बीमाको लागि कन्भिन्स गराउन धेरै गाह्रो छ । १०० जनालाई प्रस्ताव गर्दा १० जनाले मात्रै बीमा गर्न मान्नु हुन्छ । सुरुमा त अभिकर्ताका लागि बीमा गरिदिने भन्ने बाझाइ छ । आफ्नो लागि बीमा गर्ने भन्दा पनि अभिकर्ताले कमिशनका लागि बीमा गराउन खोज्यो भन्ने बुझाइले गर्दा काम गर्न धेरै गाह्रो छ ।'

यस्तो परिस्थितिका कारण बीमितका सबै कुराहरु सुनेर मात्र बल्ल आफ्नो कुराहरु गर्दै बीमाको महत्व बुझाउदै जानु पर्ने अवस्था रहेको उनको अनुभव छ । यदि समय दिएर बुझाउन सकियो भने बीमा गराउन सकिने उनि बताउछन् । पछिल्लो समय सहकारी डुबेका घटनाले गर्दा मानिसहरु वित्तीय कारोबार गर्न हच्किने गरेको उनले बताइन् ।

उनका अधिकाम्स बीमित बुटवल क्षेत्रकै छन् । जसले गर्दा बीमितका पिर मर्का बुझ्न उनलाई गार्ह्रो छैन । यसले गर्दा उनका ग्राहकहरु आफ्नै बीमितहरु मार्फत आउने गरेका छन् । उनले निम्न वर्गदेखि व्यवसायिक क्षेत्रका व्यक्तित्वहरुलाई बीमा गराउदै आइरहेकी छिन् । एक पटक बीमा गराइसके पछि नविकरण बीमा शुल्कका लागि उनि आफै फलोअप गर्छिन् । बीमा क्षेत्रमा लागेर उनले आफ्नो घरपरिवारमा राम्रै आर्थिक सहयोग पुर्याएकी छिन् । जागिरमा जस्तो नियमित जानु नपर्ने स्वतन्त्र पुर्वक काम गर्न सकिने भएकाले उनका लागि यो पेशा निकै सहज बनेको छ । बीमा क्षेत्रमा लागेर महिलाले पनि केहि गर्न सक्छन् भन्ने उदाहरण बनेकी शर्मिलाले हरेक परिस्थितिलाई सहजताका साथ व्यवस्थापन गर्न सक्छिन् ।   

उनको यो उपलब्धीमा नेशनल लाइफले राम्रो साथ सहयोग पुर्याएको छ । नेपाल बीमा प्राधिकरणले डकुमेन्टेसनमा कडाइ गर्दै गर्दा कम्पनीले सहजिकरण गरिदिएकव उनि बताउछिन् । कम्पनीको साथ सहयोग र प्रोत्साहनले नै सहज बनिरहेको उनि बताउछिन् ।

अरु कम्पनीको तुलनामा नेशनल लाइफको बोनसदर सर्वाधिक धेरै भएकाले पनि बीमितलाई बुझाउन सहज भइरहेको उनको अनुभव छ । त्यसमा पनि सरकारको लगानी रहेको कम्पनी भन्दा बजारमा छुट्टै इम्प्रेसन पर्ने उनि बताउछिन् ।  

उनको विचारमा बीमा खाना जत्तीकै महत्वपुर्ण छ । बीमाले बचत गर्न सिकाउनुका साथै भोलि केहि भइहाल्यो भने भोलिका दिनमा त्यो परिवारलाई आर्थिक रुपमा सुरक्षा प्रदान गर्ने अर्यालको विश्लेषण छ । उनले बीमा गराएका मध्ये अहिलेसम्म तीन जनाको मृत्यु भयो । कम्पनीले सहज रुपमा दाबी भुक्तानी गरिदियो ।

मृतकको परिवारलाई बीमा मार्फत क्षतिपुर्ती प्रदान गर्दाको क्षणले उनलाई यस क्षेत्रमा सदैव लागिरहन उत्प्रेरित गरेको छ । बीमाले जो सुकैलाई आफ्नो स्तरबाट तल झर्न नदिने भएकाले हरेकको जीवनमा यो अपरिहार्य रहेको उनको भनाइ छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया