प्रभु बैंकले नयाँ वर्ष २०२५ को उपलक्ष्यमा सुरु गर्यो 'प्रभु डिजिल क्युब' नामक स्वचालित काउण्टर
- BFIS News
- 2025 Jan Wed 15:47
काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै ‘प्रभु डिजिटल क्युब’ नामक स्वचालित काउण्टर सञ्चालनमा ल्याएको छ। यस काउण्टरमार्फत ग्राहकहरूले बिद्युतीय कारोबारको सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बैंकिङ्ग सेवाको सहजता र छिटो प्रक्रियालाई सुनिश्चित गर्नेछ।
‘प्रभु डिजिटल क्युब’ काउण्टरमा ग्राहकहरूले नगद जम्मा गर्न, नगद पुनःचक्रण गर्न, चेक जम्मा गर्न, खाताको स्टेट्मेन्ट प्रिन्ट गर्न, एटीएम र किओस्क मेशिनबाट नगद जम्मा र निकाल्न सक्नेछन् ।
यस सेवाले कार्यालय समयको पर्खाइ बिना, ग्राहकहरूलाई कुनै पनि समयमा बैंकिङ्ग सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। यस प्रविधि सेवाले बैंकको मुख्य कार्यालय, बबरमहलमा शुरुआत भएको छ र निकट भविष्यमा अन्य स्थानहरूमा पनि यसको विस्तार गरिने छ।
यस नयाँ सेवाले ग्राहकलाई अधिक सन्तुष्ट र सुविधाजनक बैंकिङ्ग अनुभव दिने र ग्राहक वर्ग यसबाट पर्याप्त लाभ उठाउने प्रभु बैंकले विश्वास लिएको छ । प्रभु बैंकले यस डिजिटल सेवाबाट नेपालमा बैंकिङ्ग कारोबारलाई अझ प्रविधिमैत्री बनाउन चाहेको छ।
प्रतिक्रिया