NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंक देशकै ठुलो बैंक बन्ने छः अध्यक्ष ढकाल

National Life
  • BFIS News
  • 2025 Jan 02 14:25
ग्लोबल आइएमई बैंक देशकै ठुलो बैंक बन्ने छः अध्यक्ष ढकाल
Sanima Reliance

काठमाडौं, पुस १८ गते । ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो ।

Shikhar
NIMB

१८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरेका छन् ।

कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फाइदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए ।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको जानकारी दिनुभयो । नेपालमा गरेपछि सबै सम्भव हुने कुरा आफ्नो जीवनीबाट लिन सकिने बताए ।

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पुस २४ गते बुधबारसम्म रहनेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया