महुली लघुवित्तको एफपिओ पाउने भाग्मानीले एकै दिनमा हजार लगानी गरेर कम्तिमा १४ हजार कमाउदै
- BFIS News
- 2025 Jan Fri 17:17
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ पाउने शेयरधनीले कम्तिमा पनि १४ हजार रुपैयाँ कमाउने भएका छन् । महुलीले गएको पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
एफपिओमा कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए । उनिहरु मध्ये ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन् ।
हाल दोस्रो बजारमा महुलीको शेयर मूल्य १४८५ रुपैयाँ रहेको छ । विगत एक वर्षको अवधिमा संस्थाको शेयर मूल्य अधिकतम १८५१ रुपैयाँसम्म पुग्यो । पछिल्लो शेयर मूल्यलाई नै आधार मान्ने हो भने एफपिओ पाउने भाग्यमानी लगानीकर्ताले कम्तिमा पनि १४ हजार ८५० रुपैयाँ कमाउने छन् । एक हजार रुपैयाँ लगानी गरेर उनिहरुले १३ हजार ८५० रुपैयाँ नाफा गर्ने छन् ।
लघुवित्तले नेपाल स्टक एक्सचेन्जमा एफपिओको सूचिकृत गरे पछि मात्रै कारोबार सुरु हुनेछ । एफपिओ भएकाले पहिलो कारोबार नियमित कारोबार मूल्यमै हुनेछ । पछिल्लो समय शेयर बजार लगातार घटिरहेको हुँदा अहिलेको मूल्य भन्दा तल झर्न पनि सक्छ । तर दोस्रो बजारमा सूचीकृत भएर कारोबार हुन अझै केहि समय लाग्ने भएकाले सो अवधिसम्ममा यदि शेयर बजारमा सुधार हुन थाल्यो भने लगानीकर्ताले यो भन्दा पनि धेरै कमाउन सक्ने छन् ।
संस्थाको चुक्ता जारी पूँजी ३२ करोड तेईस लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ रहेको छ । यसमा संस्थापक समुह तर्फ ८०.३२ प्रतिश अर्थात २५ करोड उनानब्बे लाख छयालीस हजार दुई सय चौवन्न रुपैयाँ र सर्वसाधारण समुह तर्फ १९.६८ प्रतिशत अर्थात छ करोड चौंतिस लाख बत्तिस हजार तिन सय एकतिस रुपैया थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० दरका ४,७५,४४९.१५ कित्ता साधारण शेयर सर्वसाधारणहरुमा थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) गरेको हो ।
यस्तो छ नेटवर्थ
प्रतिक्रिया