Nepal Life

मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

Global Ime detail Page
  • BFIS News
  • 2025 Jan Fri 18:40
मुक्तिनाथ विकास बैंक १९ वर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण
National Life

काठमाडौं, पुस १९ । मुक्तिनाथ विकास बैंक लिमिटेड अठारौं वर्ष पुरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको शुभअवसरमा मिति २०८१ पौष १९ गते देश भरी विविध कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ६११ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरिएको छ । 

NIMB

सोही अवसरमा, वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच “Art for Earth, Combating Climate Change” शिर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए ।

सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङ्गलाई रु. ५० हजार नगद  र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ ।

त्यसै गरी, बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरु तथा समाचारहरु प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारहरुलाई “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार”ले सम्मानीत गरेको छ । उक्त पुरस्कार प्राप्त गर्ने पत्रकारहरु सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाण्डौ), र माधव प्रसाद अर्याल (पाल्पा) लाई क्रमशः रु. ३५, २५ र १५ हजार, नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ । 

उपरोक्त दुवै प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै, बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग, वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष भरत राज ढकालले गर्नुभयो भने सञ्चालक उमेश कुमार आचार्यले स्वागत मन्तब्य, बैंकको हालको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र धन्यवाद मन्तब्य सञ्चालक नारायण कुमार श्रेष्ठले राखेका थिए । 

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४१ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । सो कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेज बहादुर गिरीले गरेका थिए । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार