NIMB Header 2
Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

National Life
  • BFIS News
  • 2025 Jan 03 18:55
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा विस्तार
Sanima Reliance

काठमाडौं, पुस १९ । नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सेवा विस्तार गर्ने क्रममा धादिङको धुनिवेशीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले बागमति प्रदेश धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ९, टायलघर (व्यावसायिक प्रतिनिधी सन्जीव खत्री) मा व्यावसायिक प्रतिनिधी मार्फत थप शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा केन्द्रको संख्या ७३ पुगेको छ ।

Shikhar
NIMB

शाखारहित बैकिङ्ग सेवा केन्द्रको स्थापना कार्यक्रममा बैंकका प्रतिनिधी, स्थानीय जन–प्रतिनिधि तथा स्थानिय बासिन्दाहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट मेगा बैँक लिमिटेड केन्द्रिय कार्यालय, डिजिटल पेमेन्टस् बिभागका आर्यन सिग्देलले शाखारिहत बैकिङ्ग सेवा तथा सोको प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो ।

बैंकले व्यावसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको । व्यवसायिक प्रतिनिधि मार्फत ग्राहकहरुले बचत खाता खोल्ने, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिने, खाता मौज्दात तथा खाताको कारोबार विवरण निकाल्ने, एक खाता बाट अर्को खातामा रकमान्तर गर्ने, अन्य बैकको खातामा रकम जम्मा गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्ने, विजुलीको बिल भुक्तानी, मोवाईल फोनको रिचार्ज सेवा लगायतका बैंकले तोकेका अन्य सेवाहरु प्राप्त गर्न सक्नेछन ।

बैंकले स्थापनाकाल देखि नै ग्रामीण क्षेत्रमा वित्तिय पहुँच पुर्याउने लक्ष्यका साथ शाखारहित बैकिङ्ग सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपुर्ण औजारको रुपमा स्थापित रहँदै आएको छ ।

हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २७५ वटा शाखा कार्यालय, ७३ वटा शाखारहित बैंकिङ्ग सेवा केन्द्र, ६५ वटा एक्सटेन्सन काउण्टर र २६५ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले भबिष्यमा औपचारिक बैंकिङ्ग सेवाबाट बन्चित देशका विभिन्न ग्रामीण भेगका ग्राहकवर्गकरुलाई लक्षित गरि आफ्ना सेवा केन्द्रहरु विस्तार गर्र्दैै जाने योजना रहेको समेत जानकारी गराएकोे छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया