एनएमबी बैंक र सानिमा रिलायन्सले रणनीतिक साझेदारी गर्ने, व्यवसायिक दायरा बढाउने

  • BFIS News
  • 2023 Sep Sat 07:47
एनएमबी बैंक र सानिमा रिलायन्सले रणनीतिक साझेदारी गर्ने, व्यवसायिक दायरा बढाउने

काठमाडौं । एनएमबी बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रणनीतिक साझेदारीको आपसी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुबैले व्यवसायिक सेवाहरु उपलब्ध गराउन रणनीतिक साझेदारी गरेका हुन् ।

बैंकिङ सेवा र बीमाको सेवालाई अगाडी बढाउन दुबैले मिलेर काम गर्ने भएका हुन् । समझदारी पत्रमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सानिमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।  

बैंकिङ र बीमाको दायरालाई व्यापक रुपमा बढाउन यस्तो समझदारीले सहयोग पुग्ने बैंक तथा इन्स्योरेन्स कम्पनीले जनाएका छन् । दुबैले आ-आफ्नो सेवालाई टाइअप गरेर सेवाग्राहीलाई मिलेर सेवा प्रवाह गर्नेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया