NIMB Header 2
Nepal Life

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दी हाइड्रोपावर बिच १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता

National Life
  • BFIS News
  • 2025 Jan 05 10:51
लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा अप्पर मर्स्याङ्दी हाइड्रोपावर बिच १०२ मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता
Sanima Reliance

काठमाडौं, २०८१, पौष ९ गते । लक्ष्मी सन्राईज बैंक लि. को अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मे.वा. क्षमताको अप्पर मर्स्याङ्दी -१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

Shikhar
NIMB

अपर मर्स्याङ्दी हाइड्रोपावर-१ ले पौष १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पौष ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकको रुपमा के.सी. ग्रुप र क्याल ग्रुप रहेका छन् ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक / संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमइ बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेकोछ ।

सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठुला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएकोछ ।   

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया