राष्ट्रिय बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत गर्दा प्राधिकरणका १९ सर्तहरु, न्युनतम पूँजी जुटाउनु पर्ने तर सबै हिसाव फरफार नभएसम्म लाभांश दिन नपाउने
- BFIS News
- 2025 Jan Wed 13:08
काठमाडौं । नेपाल बीमा प्राधिकरणले राष्ट्र बीमा कम्पनीलाई १९ वटा शर्तहरु राखेर आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
कम्पनीले आज आह्वान गरेको दोस्रो वार्षिक साधारणसभाबाट उक्त स-शर्त सहितको वित्तीय विवरणहरु पारित गरेको छ । प्राधिकरणले कम्पनीको आ.व. २०७३।७४ को वार्षिक वित्तीय विवरणलाई बीमा ऐन, २०७९ को दफा ८७ को उपदफा (८) तथा बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को दफा ७, ८ र ९ बमोजिम वार्षिक प्रतिवेदनमा समावेश गर्न, साधारण सभामा पेश गर्न तथा प्रकाशित गर्न १९ वटा शर्तहरु राखेको हो ।
शर्तहरुः
१. बीमकको लेखापरीक्षकले औंल्याएका सम्पूर्ण कैफियतहरु सुधार गर्न तथा उक्त कैफियतहरु पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था गर्ने ।
२. बीमकको वित्तीय विवरणमा देखिएको सम्पत्ति, दायित्व, व्यवस्थाहरु र बीमकले हिसाब मिलान तथा समायोजन गर्न श्रृजना गरेको सस्पेन्स खाताको यथार्थ स्थिति पहिल्याइ हिसाब मिलान गर्ने ।
३. बीमकले अन्तरशाखा हिसाबमा देखाएको रकमको विवरण प्राप्त हुन नसकेको हुँदा उक्त शिर्षकहरुमा देखाएको रकम बराबरको खर्च व्यवस्था आगामी आ.व. २०७४।७५ मा गर्ने ।
४. बीमकले स्थिर सम्पत्ति रजिष्टर अद्यावधिक गरी सोको भौतिक परिक्षण गर्ने र सो को प्रतिवेदन प्राधिकरणमा पेश गर्ने ।
५. बीमकले बीमा नियमावली, २०४९ को नियम १५ (ग) मा भएको व्यवस्था बमोजिम सामुन्द्रिक बीमाको सम्बन्धमा कम्तीमा तीन वर्षसम्म जगेडा कोषमा राखिएको रकमलाई मुनाफामा गणना नगर्ने ।
६. बीमकको बैंक खाताहरुको हिसाब मिलान हुन बाँकि देखिएको रकमको यथार्थ स्थिति पहिचान गरी हिसाब मिलान कार्य सम्पन्न गर्ने ।
७. बीमकको धरौटी हिसाब, पुनर्बीमकसँगको लेना / देना हिसाब, अभिकर्ताको लेना / देना हिसाब, आयकर दायित्व आदिमा देखिएको रकमको पुष्टी गर्ने कागजात नभएको हुँदा उक्त हिसाबको यथार्थ स्थिति यकिन गर्ने।
८. बीमकले कर्मचारीहरुलाइ प्रदान गर्ने तलब भत्ता बाहेकका अन्य सुविधाहरु र कर्मचारी बोनश वापत व्यवस्था गरेको रकम बीमकको सम्पूर्ण हिसाब फरकफारक तथा हिसाब मिलान नहुन्जेल भुक्तानी नगर्ने ।
९. प्राधिकरणबाट जारी भएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ७(१) बमोजिम न्यूनतम चुक्ता पुँजी कायम गर्ने ।
१०. बीमकले आफ्नो प्रबन्धपत्र अनुसार शेयर संरचना कायम गर्ने ।
११.बीमकले आ.व. २०७४/७५ को वित्तीय विवरण पेश गर्दा यस आ.व. तथा यस पूर्वका आ.व. हरुमा मिलान गर्नुपर्ने, समायोजन गर्नुपर्ने, व्यवस्था गर्नुपर्ने तथा अपलेखन गर्नुपर्ने हिसाब एकिन गरी फरफारक गरेर मात्र प्राधिरकणमा पेश गर्ने ।
१२. बीमकले सम्पूर्ण हिसाब अध्यावधिक गरी फरफारक नगरेसम्म कुनै पनि प्रकारको लाभांश घोषणा तथा वितरण नगर्ने ।
१३.माथि उल्लेखित सुधारका काम बाहेक प्राधिकरणको पूर्व स्विकृति नलिइ बीमकको आर्थिक दायित्व थप हुने कुनै कार्य नगर्ने ।
१४.वित्तीय विवरणमा देखिएका कैफियत सुधार गर्ने सम्बन्धमा बीमकको संचालक समितिबाट समयसीमा सहितको कार्ययोजना १५ (पन्ध्र) दिन भित्र प्राधिकरणमा पेश गर्ने ।
१५.बीमकको लेखापरीक्षणमा देखिएका कैफियत सुधारका सम्बन्धमा प्रत्येक महिना समाप्त भएको एक हप्ता भित्र प्रगति विवरण प्राधिकरणमा पेश गर्ने ।
प्रतिक्रिया