Nepal Life

लक्ष्मी सनराइज बैंकबाट २१ हजार भन्दा धेरैले लिए सहुलियत दरमा २० अर्ब भन्दा माथिको कर्जा

NMB Bank
  • BFIS News
  • 2025 Jan 08 15:50
लक्ष्मी सनराइज बैंकबाट २१ हजार भन्दा धेरैले लिए सहुलियत दरमा २० अर्ब भन्दा माथिको कर्जा
National Life

काठमाडौं । लक्ष्मी सनराइज बैंकले २१ हजार भन्दा धेरैलाई २० अर्ब भन्दा माथि सहुलियपूर्ण कर्जा प्रवाह गरेको छ । कृषि तथा पशुपक्षींजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नेपाल सरकारले लागू गरेको “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” को अधिनमा रही बैंकले विविध व्यवसाय सञ्चालन गर्नका लागि व्यवसायीहरुलाई सरल किस्ताबन्दीमा सहुलियतपूर्ण व्याजदरमा व्यवसायिक कर्जा सेवा प्रदान गरेको छ ।

Shikhar
NIMB

यस अन्तर्गत कृषि तथा पशुपंक्षी व्यवसायीहरुलाई व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, शिक्षित बेरोजगार युवाहरुका लागि युवा स्वरोजकार कर्जा, विदेशबाट फर्किएका युवाहरुको लागि युवा उद्यमी कर्जा, महिला उद्यमीहरुका लागि महिला उद्यमी कर्जा, दलित तथा पिछडिएका समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्न उद्यमी विकास कर्जा, आर्थिक रुपमा विपन्न तथा सीमान्नकृत समुदाय र लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि शैक्षिक कर्जा तथा भुकम्पपिडितहरुको निजी आवास निर्माणका लागि घर कर्जा समेत गरी विभिन्न कर्जा योजनाहरु रहेका छन् ।

बैंकले यस्ता क्षेत्रमा सहुलियतपूर्ण व्याजमा कर्जा उपलब्ध गराएको हो । यी कर्जाहरुका माध्यमबाट करिब २१ हजारभन्दा बढी ग्राहकहरुले सहुलियत दरमा रु २० अर्बभन्दा बढी रकम बराबरको विभिन्न कर्जा सुविधा प्राप्त गरेका छन् । 

विपन्न वर्ग कर्जा

विपन्न वर्गसम्म बैंकिंग पहुँच पुर्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई समेत अवलम्बन गरी विपन्न वर्ग कर्जाको विस्तारका लागि छुट्टै समावेशी वित्त तथा कृषि सेवा इकाई सञ्चालन गरिएको बैंकका सञ्चालक समितिका अध्यक्ष रमन धितालले बताए । वित्तीय समावेशिताका लागि बैंकले विपन्न वर्ग कर्जा अन्तर्गत विभिन्न उपयोगी कर्जा योजनाहरु ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कूल कर्जा तथा सापटको न्युनतम ५.० प्रतिशत विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०८१ आश्विन मसान्तमा बैंकको विपन्न वर्गमा प्रवाहित कर्जा कूल कर्जाको ५.६४ प्रतिशत रहेको छ । यसका अलावा साना व्यवसायी तथा उद्यमीहरुलाई कर्जा उपलब्ध गराउन विविध कर्जा सुविधाहरु समेत प्रदान गर्दै आएको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया