NIMB Header 2
Nepal Life

यि हुन् लक्ष्मी सनराइज बैंकका सबैभन्दा ठुला ३७ शेयरधनी

National Life
  • BFIS News
  • 2025 Jan 08 16:30
यि हुन् लक्ष्मी सनराइज बैंकका सबैभन्दा ठुला ३७ शेयरधनी
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंकमा ०.५ प्रतिशत भन्दा धेरै स्वामित्व भएका शेयरधनीको संख्या ३७ जना रहेको छ । बैंकको सबैभन्दा ठुलो शेयरधनी लक्ष्मी क्रम नेपाल प्रा.ली रहेको छ । यस कम्पनीको मात्रै ७.७८ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

Shikhar
NIMB

यसमा दोस्रो ठुलो शेयर पूँजी नागरिक लगानीकोषको ४.६३ प्रतिशत छ । तेस्रो ठुलो लगानीकर्ता सारिका खेतानको ४.१७ प्रतिशत छ ।

त्यस्तै स्नेहा खेतानको ३.९१ प्रतिशत, मोतिलाल दुगडको २.७७ प्रतिशत, मालचन्द्र दुगडको २.४० प्रतिशत, रतन लाल संघईकफ २.३९ प्रतिशत, गोपि कृष्ण सिकरियाको २.३५ प्रतिशत, राजेन्द्र कुमार खेतानको २.३५ प्रतिशत, हिमालयन एक्जीम प्रालिको १.९३ प्रतिशत, कैलाश चन्द्र गोयलको १.९७ प्रतिशत, श्रवण कुमार गोयलको १.४२ प्रतिशत, सुरेन्द्रा दुगडको १.४१ प्रतिशत, विवेक दुगडको १.३३ प्रतिशत, एमसिटी इन्भेष्टमेन्टको १.२८ प्रतिशत, बच्छराज तातेडको १.१५ प्रतिशत लगानी रहेको छ । कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनीको ०.९१ प्रतिशत लगानी छ । गएको वर्षमा पनि यिनै शेयरधनी थिए ।

विगत एक वर्षको अवधिमा ठुला लगानीकर्ता कैलाश चन्द्र गोयलको शेयर हिस्सा १.८९ प्रतिशतबाट एक प्रतिशतमा झरेको देखिन्छ । उनले निर्मलादेवी गोयलको नाममा शेयर नामसारी गरेका हुन् । निर्मलादेवी गोयलको नाममा अहिले ०.९६ प्रतिशत शेयर रहेको छ ।त्यस्तै श्रवण कुमार गोयलको शेयर हिस्सा पनि १.६१ प्रतिशतबाट १.४२ प्रतिशतमा झरेको छ । 

गएको आर्थिक वर्षमा सबैभन्दा ठुला लगानीकर्ता

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया