साधना र सबैको लघुवित्त विच मर्जरको सहमति, शेयर कारोबार रोक्का

  • BFIS News
  • 2023 Sep Sun 12:39
साधना र सबैको लघुवित्त  विच मर्जरको सहमति, शेयर कारोबार रोक्का

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था विच एक आपसमा मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएको छ । दुबैले शुक्रवार प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

मर्जरमा जाने सहमति सँगै आधारभुत शेयरधनीको शेयर कारोबार रोक्का राखिएको छ । नियम अनुसार एक प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीको कारोबार रोक्का राखिन्छ । 

साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखा र सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनँहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ । साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ र सबैकोको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । यदि बराबरी हैसियतमा मर्जर भयो भने चुक्ता पूँजी ७० करोड ८ लाख पुग्नेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया