पुस मसान्तमा १७ बाणिज्य बैंकको साधारणसभा सम्पन्न: एनआइसी सहित चारवटाले सकेनन्, कसले कति दिए लाभांश ?
- BFIS News
- 2025 Jan Mon 13:36
काठमाडौं । आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रमा १६ वटा बाणिज्य बैंकहरु मात्रै साधारणसभा सम्पन्न गर्न सफल भएका छन् । कुमारी बैंकले आगामी माघ २१ गते साधारणसभा आह्वान गरे पनि बाँकी तीन वटा एनआइसी एशिया, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै पनि साधारणसभाको मिति तय गर्न सकेका छैनन् ।
आज हिमालयन बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक र प्रभु बैंकले साधारणसभा गरेका छन् । यस बाहेक १३ वटा बाणिज्य बैंकहरु एनएमबी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटिजन बैंक, प्राइम बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी बैंकले साधारणसभा सम्पन्न गरिसकेका छन् ।
कम्पनी ऐन अनुसार समयमा साधारणसभा सम्पन्न गर्न नसक्ने चार वटाले तोकिए बमोजिमको हर्जना तिर्नु पर्ने भएको छ । यसका साथै यि चार वटा बैंक नेपाल स्टक एक्सचेन्जले गर्ने वर्गिकरणमा पहिलो वर्गमा पर्ने छैनन् ।
शेयरधनीको हात खाली नगर्ने बैंकहरु
बाणिज्य बैंकहरु मध्ये ११ वटाले मात्रै लाभांश दिएका छन् । बाँकी ८ वटाका शेयरधनीको हात खाली भएको छ । यस वर्ष सबैभन्दा धेरै लाभांश स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.५ प्रतिशत बोनस शेयर, १९ प्रतिशत नगद लाभांश सहित २५.५ प्रतिशत कुल लाभांश वितरण गरिसकेको छ । दोस्रो धेरै एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश प्रदान गरेको छ । एभरेष्टले १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद प्रदान गरेको हो ।
त्यस्तै कृषि विकास बैंकले ३ प्रतिशत बोनस, ७.५३ प्रतिशत नगद सहित कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको हो । नेपाल एसबिआइसले पनि १०.६५ प्रतिशत दिएको छ । नविल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । अन्य बैंकहरु सिद्धार्थ बैंकले ४ प्रतिशत, लक्ष्मी सनराइजले ५.२६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.५ प्रतिशत, सानिमा बैंकले ५.२६ प्रतिशत, ग्लोबलले ५.५ प्रतिशत र सिटिजन बैंकले ४.२१ प्रतिशत लाभांश दिएका छन् ।
प्रतिक्रिया