Nepal Life

सर्वसाधारण डराउदै गर्दा ब्रोकर र ठुला लगानीकर्ता भने शेयर उठाउदै , विश्लेषक भन्छन् 'बजार बढ्नका लागि घटेको हो'

National Life
  • BFIS News
  • 2025 Jan Mon 15:08
सर्वसाधारण डराउदै गर्दा ब्रोकर र ठुला लगानीकर्ता भने शेयर उठाउदै , विश्लेषक भन्छन् 'बजार बढ्नका लागि घटेको हो'
RBB

काठमाडौं । एक साताको अवधिमा शेयर बजारमा झण्डै ६० अंकको गिरावट देखिएको छ । बजार जुन गतिमा घटिरहेको छ कारोबार रकम भने विगतका दिनको तुलनामा एकदमै राम्रो छ । आज सोमबार नेप्से सूचक ३० अंकसम्म तल झरेर अन्तिममा १५.५४ अंक मात्रै तल झर्दा पनि कारोबार रकम भने ६ अर्ब ६५ करोड रुपैयाँको भएको छ ।

NIMB

घट्दो बजारमा कारोबार बढ्नु भनेको ब्रोकर तथा ठुला लगानीकर्ताले घटेको मौकामा शेयर खरिद गरिरहेका छन् । लगानीकर्तामा बजार बढ्छ भन्ने फुल कन्फिडेन्स देखिन्छ तै पनि बढाएर किन्नु भन्दा घटाएरै किन्ने रणनीतिमा ठुला लगानीकर्ता छन् ।

बैंक वित्तीय संस्थाले व्याजदर नबढाउदा पनि दोस्रो बजारमा भने खासै प्रभाव देखिएको छैन । यसले तत्काल प्रभाव नपारे पनि अवको केहि दिन भित्रै बजारले गति लिने विश्लेशकहरुले बताएका छन् ।

पछिल्लो केहि दिनमा बजार घट्ने प्रमुख कारणहरु केहि नभए पनि यसको नतिजा भने राम्रो आउने एक ब्रोकरले बताए । उनले भने 'लगानीकर्ताहरु फाइनान्स र विकास बैंकको शेयरमा डराएका कारण यसको असर अन्य स्टकमा पनि देखिएको छ ।'

नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरे सँगै लगानीकर्ताहरु खराव अवस्थामा रहेका विकास बैंक तथा फाइनान्सको शेयरमा लगानी गर्न डराएका छन् । बैंक वित्तीय संस्थाले आगामी माघमा दोस्रो त्रैमाशको वित्तीय विवरण पनि सार्वजनिक गर्ने छन् । यस पछि भने बजारले गति लिन सक्ने उनिहरुको विश्लेषण छ ।

त्यसमा पनि कतिपय स्टकको मूल्य एक वर्ष यताकै कम देखिन थालेकाले खरिद गर्नेका लागि राम्रो अवसर निर्माण भइरहेको छ । यस अवधिमा चलाख लगानीकर्ता र ब्रोकरले ठुलो मात्रामा शेयर खरिद गरिरहेका छन् ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक धेरै ४५ करोड २५ लाखको कारोबार भएको छ । त्यस्तै बाराही हाइड्रवपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया