प्रभु बैंकमा ५ सञ्चालक निर्वाचित
- BFIS News
- 2025 Jan Mon 22:19
काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिमा ५ जना सञ्चालकका लागि निर्वाचन सम्पन्न भएको छ । आज भएको निर्वाचनमा ११ जनाको उम्देद्धारी परेको थियो ।
साधारणसभाबाट संस्थापक शेयरधनी तर्फ काठमाडौं एकबाट अम्बिका शर्मा लामिछाने, लिवर्टी होल्डिङको प्रतिनिधिका रुपमा अंगिरमान सिंह, र काहुले खोटङका वृषबहादुर बस्नेत निर्वाचित भएका छन्। वृषबहादुर बाहेक सबै नयाँ हुन् ।
त्यसैगरी, सर्वसाधारण शेयरधनी तर्फबाट सुरजकुमार श्रेष्ठ, किशोरजंग कार्की, र राजु पौडेल नयाँ सञ्चालकका रूपमा चयन भएका छन्।
बैंकको आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको लेखापरीक्षणदेखि सम्पुर्ण वित्तीय विवरण पारित भएको छ ।
प्रतिक्रिया