NIMB Header 2
Nepal Life

झुत्रा नोट नचलेर हैरानमा पर्नु भएको छ ? कागज टासेर पनि साट्न सकिने, यि बैंकले दिने छन् सट्टाभर्ना

National Life
  • BFIS News
  • 2025 Jan 14 11:08
झुत्रा नोट नचलेर हैरानमा पर्नु भएको छ ? कागज टासेर पनि साट्न सकिने, यि बैंकले दिने छन् सट्टाभर्ना
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोटलाई झुत्रो हुनबाट बचाउन सबैलाई आह्वान गरेको छ । यदि झुत्रो अवस्थाको नोट छ र प्रयोग गर्न गाह्रो पर्ने अवस्थामा छ भने सोही नोट बराबरको काजग टासेर पनि साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

Shikhar
NIMB

राष्ट्र बैंकले नोटहरु धेरै मक्किएको, गन्न असजिलो हुने अवस्थामा रहेको वा सग्लो नभएको अवस्था छ भने साट्नको लागि झुत्रो नोटको पछाडिको भागमा सोहि दरको सिङ्गो नोट बराबरको कागजको टुक्रा टाँसी साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

यसै क्रममा बैंकले आम मानिसहरुलाई आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेश स्थित कार्यालय र नोट कोष सञ्चालन गर्ने बाणिज्य बैंहरु नेपाल बैंक लिमिटेड र राष्ट्रिय बाणिज्य बैंक लिमिटेडबाट साट्न अनुरोध गरेको छ । 

धेरै केरमेट भएको, नोटको दर र पूरा  नमब्र यकिन गर्न नसकिने तथा ५० प्रतिशत भन्दा कम भाग भएको, दोहोरो सट्टाभर्ना जानसक्ने सम्भावना भएको अवस्थामा भने नोटको सट्टाभर्ना नगरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्ता नोटहरु जफत गरिने र सोको कारण सहितको जानकारी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइने राष्ट्र बैंकले प्रष्ट पारेको छ । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया