ज्योति विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा हरि चन्द्र खड्का चयन, लिए पद तथा गोपनियताको शपथ
- BFIS News
- 2025 Jan Wed 22:14
काठमाडौं । ज्योति विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा हरि चन्द्र खड्का चयन भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट पुनः निर्वाचित भए सँगै खड्का अध्यक्ष पदमा चयन भएका हुन् ।
उनले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
सभाबाट बैंकको संस्थापक शेयरधनी समूहबाट हरि चन्द्र खड्का, राम कुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहबाट ध्रुव कोइराला र नरेश राज आचार्यलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
प्रतिक्रिया