सर्वसाधारणले पनि खरिद गर्न मिल्ने सानिमा बैंकको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- BFIS News
- 2025 Jan Thu 11:18
काठमाडौं, माघ २ गते । सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (माघ ३ गते) बाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया