Nepal Life

राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब तान्दै, आजै ७० अर्ब बैंकिङ प्रणालीमा फर्किने

NMB Bank
  • BFIS News
  • 2025 Jan 19 12:20
राष्ट्र बैंकले प्रणालीबाट ६० अर्ब तान्दै, आजै ७० अर्ब बैंकिङ प्रणालीमा फर्किने
National Life

काठमाडौ । बैंकहरू कर्जा लगानी बढाउन नसकेपछि राष्ट्र बैंकले प्रणालीबाट पटक पटक पैसा तानिरहेको छ।

Shikhar
NIMB

आइतबार पनि राष्ट्र बैंकले ६० अर्ब रूपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले २१ दिनको लागि यस्तो पैसा खिच्ने भएको हो।

यसअघि बैंकहरूले पुस १४ गते राखेको ७० अर्ब रूपैयाँको अवधि आइतबार नै सकिने भएपछि यसरी पुँजी खिच्न लागेको हो।

पछिल्लो पटक माघ २ गते राष्ट्र बैंकले उठाएको ४० अर्ब रूपैयाँ बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजमा राखेका थिए।

माघ ३ गतेसम्म राष्ट्र बैंकमा बैंकहरूले राखेकोमध्ये तीन खर्ब दुई अर्ब रूपैयाँ प्रणालीमा फर्किन बाँकी रहेको देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया