Nepal Life

एभरेष्ट बैंकको मुनाफा २ अर्ब ७ करोड नाघ्यो, खराव कर्जा सर्वाधिक कम ०.६६ % मा झार्न सफल, लाभांश क्षमता ३० %

NMB Bank
  • BFIS News
  • 2025 Jan 20 06:35
एभरेष्ट बैंकको मुनाफा २ अर्ब ७ करोड नाघ्यो, खराव कर्जा सर्वाधिक कम ०.६६ % मा झार्न सफल, लाभांश क्षमता ३० %
National Life

काठमाडौं । एभरेष्ट बैंकले कठिन अवस्थामा पनि सबैभन्दा राम्रो बैंकिङ कारोबार गर्न सफल भएको छ । बैंकले खराव कर्जा नियन्त्रण गर्नुका साथै मुनाफादेखि हरेक सूचकमा सुधार ल्याएको हो ।  

Shikhar
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ।

१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया