Nepal Life

व्याज उठाउन नसक्दा कुमारी बैंकको खराव कर्जा ६.९६ %, मुनाफा ६८ % ले घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Jan 20 06:48
व्याज उठाउन नसक्दा कुमारी बैंकको खराव कर्जा ६.९६ %, मुनाफा ६८ % ले घट्यो
National Life

काठमाडौं । कुमारी बैंकको कर्जा असुलीमा थप समस्या देखिएको छ । गएका वर्षमा कर्जा असुली गर्न नसक्दा बैंकको खराव कर्जा बढेर लाभांश दिन नसकिरहेको अवस्थामा यस वर्ष यस्तो अवस्था झन् चुलिएको छ । 

Shikhar
NIMB

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.१२ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८५.०६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँबाट बढेर ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ५१.६९ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५१ पैसा घटेर २ रुपैयाँ १० पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया