Nepal Life

हिमालयन बैंकको मुनाफा एक अर्ब ५१ करोड, इपिएस १४ रुपैयाँ, जगेडा कोष २० अर्ब नाघ्यो

National Life
  • BFIS News
  • 2025 Jan Mon 07:23
हिमालयन बैंकको मुनाफा एक अर्ब ५१ करोड, इपिएस १४ रुपैयाँ, जगेडा कोष २० अर्ब नाघ्यो
RBB

काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिमा भन्दा करिब १ प्रतिशतले धेरै हो । गत वर्ष यस बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

NIMB

बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा धेरैले घटेपछि नाफा वृद्धि कमजोर भएको हो । बैंकले यस अवधिमा ५ अर्ब २३ करोड ५६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा १०.०४ प्रतिशतले कम हो । गत आवको पुस मसान्तसम्म बैंकले ५ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, सञ्चालन नाफा २ अर्ब २१ करोडबाट बढेर ३ अर्ब १२ करोड पुगेको छ । खुद ब्याज आम्दानी घटे पनि बैंकको इम्पेयरमेन्ट चार्ज उच्च दरले घटेका कारण सञ्चालन नाफामा सुधार आएको छ । यसकारण बैंकको खुद नाफा बढ्न सकेको हो । बैंकको सञ्चालन मुनाफा ४१.२२ प्रतिशत बढेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने १ अर्ब ९४ करोडबाट घटेर १८ करोड ४६ लाखमा  झरेको छ । हिमालयनको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २० अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा दर ४.९५ प्रतिशत बढेर ४.९८ प्रतिशतमा पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १७६.११ रुपैयाँ छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया