Nepal Life

नबिल, ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बैंक विचको प्रतिस्पर्धा कायमै, प्रतिफलमा नबिल आकारमा ग्लोबल र इन्भेष्टमेन्ट पछ्याउदै

National Life
  • BFIS News
  • 2025 Jan Mon 12:59
नबिल, ग्लोबल र नेपाल इन्भेष्टमेन्ट बैंक विचको प्रतिस्पर्धा कायमै, प्रतिफलमा नबिल आकारमा ग्लोबल र इन्भेष्टमेन्ट पछ्याउदै
RBB

काठमाडौं । राष्ट्रिय स्तरका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा अगाडी नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र ग्लोबल आइएमई बैंक देखिएका छन् । नाफा र आकारका हिसावले तीन वटाले इन्ड्रष्ट्रि लिड गरिरहेका छन् । 

NIMB

२० वटा बाणिज्य बैंकहरु मध्ये मुनाफामा नबिल सबैभन्दा अगाडी छ । बैंकले ६ महिनामा तीन अर्ब २४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको ग्लोबलले तीन अर्ब ५ करोड र तेस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । तीन वटै बैंक विग मर्जरका कारण सबैभन्दा अगाडी छन् । 

चुक्ता पूँजी र जगेडा कोष

पूँजी तर्फ ग्लोबल सबैभन्दा अगाडी छ । ग्लोबलको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ अर्ब १२ करोड रहेको छ भने नबिलको २७ अर्ब ५ करोड छ । जगेडा कोष तर्फ भने नेपाल इन्भेष्टमेन्ट अगाडी छ । बैंकको जगेडामा ३१ अर्ब ८९ करोड रहेको छ । बैंकले लाभांश वितरतण गर्न नपाउदा कोष भने सबैभन्दा बलियो देखिएको छ । दोस्रो नम्बरमा रहेको नबिलको ३० अर्ब ३० करोड छ । ग्लोबलको भने २३ अर्ब ८७ करोड छ । 

निक्षेप तथा कर्जा लगानी 

निक्षेप तथा कर्जा विस्तारमा सबैभन्दा अगाडी ग्लोबल आइएमई छ । समिक्षा अवधिमा ग्लोबलले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । त्यस्तै नबिलले ४ खर्ब ८० अर्ब निक्षेप संकलन गरी तीन खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल इन्भेष्टमेन्टको हेर्ने हो भने ४ खर्ब ४० अर्ब निक्षेप संकलन गरी तीन खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । 

मुनाफा र प्रतिशेयर आम्दानी 

समिक्षा अवधिमा सबैभन्दा धेरै नबिल बैंकले मुनाफा आर्जन गरेको छ । बैंकले तीन अर्ब २४ करोड मुनाफा आर्जन गरेको छ भने प्रतिशेयर आम्दानी २४ रुपैयाँ छ । त्यस्तै ग्लोबलको मुनाफा ३ अर्ब ५ करोड छ भने प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ । अर्को नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड आर्जन गर्दा पनि प्रतिशेयर आम्दानी १६ रुपैयाँ नै छ । 

खराव कर्जा तथा इम्पेरियल चार्ज

खराव कर्जा बढ्दै गर्दा बैंकहरुको इम्पेरियल चार्ज पनि बढेको छ । समिक्षा अवधिमा नबिल बैंकको खराव कर्जा १.७० प्रतिशत छ भने इम्पेरियल चार्ज एक अर्ब ३५ करोड छ । त्यस्तै नेपाल इन्भेष्टमेन्टको खराव कर्जा १.६७ प्रतिशत छ भने इम्पेरियल चार्ज एक खर्ब ७७ करोड छ । त्यस्तै ग्लोबलको खराव कर्जा ४.८६ प्रतिशत छ भने इम्पेरियल चार्ज २ खर्ब २० करोड छ ।  

नबिल बैंक 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिसम्ममा नविल बैंकले तीन अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले यसअवधिमा १.२९ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले गत वर्षको यहि अवधिमा ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । 

यता, खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिए पनि इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो । गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ । 

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ । चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । नबिलको चुक्ता पूँजी भन्दा जगेडा कोष धेरै देखिएको छ । बैंकको पूँजी २७ अर्ब ५ करोड रहेको छ भने जगेडामा ३० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । 

ग्लोबल आइएमई बैंक 

ग्लबोल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा उल्लेख्य मात्रामा सुधार गर्न सफल भएको छ । बैंकले ६ महिनामा ३ अर्ब ५ करोड मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्ष भन्दा ४९.५१ प्रतिशतले सुधार गरेको छ । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।

३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक 

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ५७.१८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५७.१८ प्रतिशत बृद्धि गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३२.८० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.८७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८६ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ७७ करोड २५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ३३.६९ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया