Nepal Life

अर्थतन्त्रमा आएको स्लोडाउन र अराजकताले कर्जाको रिकभरीमा समस्या आएको गभर्नरको दाबी, बढ्दो आयातले अर्थतन्त्र लयमा आउने संकेत

National Life
  • BFIS News
  • 2025 Jan Mon 13:39
अर्थतन्त्रमा आएको स्लोडाउन र अराजकताले कर्जाको रिकभरीमा समस्या आएको गभर्नरको दाबी, बढ्दो आयातले अर्थतन्त्र लयमा आउने संकेत
RBB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा देखिएको स्लोडाउन र कर्जा नतिर्न उस्काउने अराजक गतिविधिले बैंकको रिकभरीमा समस्या देखिएको बताएका छन् । कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य व्यक्त गर्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधारको संकेत देखिएकोले यस्ता समस्या विस्तारै निराकरण हुँदै जाने प्रक्षेपण गरेका छन् ।  

NIMB

विद्यमान अवस्थामा अर्थतन्त्रका सुचकहरु राम्रा रहेको उनको दाबी छ । पछिल्लो समय बाढि पहिरोको कारणले गर्दा मूल्य बृद्धिमा नकारात्मक असर पारेको उनले बताए । यसले खाद्यान्नमा ठुलो असर पारेको उनको भनाइ छ । 

उनले बैंकिङ प्रणाली एकदमै राम्रो सँग सञ्चालन भइरहेको दाबी गरेका छन्  । उनले भने 'बैंकिङिङ प्रणालीमा तरलता एकदमै राम्रो छ वेल क्यापिटलाइज छन् । भलै अलिकति स्ट्रेस प्रफिटमा छ रिकभरीमा छ ।'

रिकभरीमा रहेको स्ट्रेस दुई किसिमबाट गाइडेड भएको उनले बताए । उनले थपे, अर्थतन्त्रमा स्लोडाउन भएको असर रिकभरीमा देखिएको छ भने अर्को एक किसिमको अराजक गतिविधि पनि प्रभाव पारेको छ । 

बैंकको ऋण नतिर्नलाई उस्काउने अराजक गतिविधिको असर धेरै ठाउँमा देखिएको अधिकारीले दाबी गरे । यसका बाबजुद पनि बैंकरहरु खटिरहेको भन्दै उनले प्रशंसा समेत गरे । यस्ता अराजक गतिविधिले दीर्घकालिन रुपमा हाम्रो अर्थतन्त्रमा धेरै असर पार्ने उनले आकलन समेत गरे । 

यसै सन्दर्भमा उनले मुलुकको आर्थिक स्थितिमा सुधार आउने संकेत गरेका छन् । विगतका वर्षमा आयात घटिरहेकोमा अहिले बढ्न थालेकाले अर्थतन्त्र लयमा फर्किने क्रम सुरु भएको उनको भनाइ छ । नेपाल आयातमुखीदेश भएकाले आयात बढ्दै गर्दा यसले अर्थतन्त्रको चक्रलाई प्रभाव पार्ने विज्ञहरुले बताउदै आएका छन् । गभर्नर अधिकारीले थपे 'पूँजीगत खर्च बढ्ने क्षेत्रको आयात बढिरहेको देख्दा अव विस्तारै अर्थतन्त्र लयमा फर्किने संकेत देखिएको छ। ' यसले गर्दा अहिले निरुत्साहित हुनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार