Nepal Life

कर्जा बढ्ने नेपाल बैंकर्स संघको प्रक्षेपण, स्थानीय तहले रिकभरीमा सहयोग नगरेको गुनासो

National Life
  • BFIS News
  • 2025 Jan Tue 19:59
कर्जा बढ्ने नेपाल बैंकर्स संघको प्रक्षेपण, स्थानीय तहले रिकभरीमा सहयोग नगरेको गुनासो
RBB

काठमाडौं । नेपाल बैंकर्स संघले पछिल्लो समयमा कर्जाको मागहरु आउन थालेको उल्लेख गर्दै अब कर्जा प्रवाहमा बढोत्तरी आउने बताएको छ । मंगलबार बैंकर्स संघले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पछिल्लो समयमा जलविद्युत तथा पर्यटन क्षेत्रमा कर्जाको माग उल्लेखीय बढेको जनाएको छ ।

NIMB

पत्रकार सम्मेलनमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले निक्षेपको तुलनामा अझै पनि कर्जाको माग बढ्न नसकेको बताए । विगतमा उद्योगी व्यवसायीमा आत्मविश्वासको कमीका कारण कर्जाको माग आउन नसकेको उल्लेख गर्दै पछिल्लो समयमा केही सुधार भएको उनको भनाई छ । ‘ पछिल्लो समय कर्जाको माग बढ्न थालेको छ, विशेषगरी पर्यटन क्षेत्रमा माग उच्च छ, अब कर्जा बढ्छ भन्ने अपेक्षा गरौं’ उनले भने । 

साथै उनले स्थानीय तहले रिकभरीमा सहयोग नगरेकाले बैंकको खराब कर्जा बढ्दै गएको बताए । बैंकहरुको कर्जा असुली प्रभावित भएकाले त्यसको असर बैंकहरुको खुद नाफामा परेको उनको भनाई छ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया