एमडिआरटीको लहरले प्रथम बीमा शुल्क १४ प्रतिशतले बढ्यो, नेपाल लाइफ र नेशनल सर्वाधिक अगाडी ग्रोथमा प्रभु महालक्ष्मी
- BFIS News
- 2025 Jan Wed 16:03
काठमाडौं । एमडिआरटी बन्ने लहर सँगै जीवन बीमा व्यवसायमा दोहोरो अंकको सुधार देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन १४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै कुल बीमा शुल्क आर्जन ८.६८ प्रतिशत र नविकरण बीमा शुल्क आर्जन ४.९४ प्रतिशतले बढेको छ ।
यस वर्ष प्रभु महालक्ष्मी लाइफको बृद्धिदर सर्वाधिक धेरै देखिएको छ । कम्पनीले यस वर्ष १९ जना एमडिआरटी प्राप्त गरेको छ । त्यस्तै यस वर्ष बृद्धिदरका हिसावले नेपाल लाइफ पनि अगाडी छ । नेपाल लाइफको बृद्धिदर २४.६० प्रतिशत छ ।
प्रथम बीमा शुल्क आर्जन
चालू आर्थिक वर्षको ६ महिनामा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड १४ लाख रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमाशुल्क आर्जन) गरेका छन् । चालू आर्थिक वर्षमा नेपाल लाइफले सर्वाधिक ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। यसलाई पछ्याउँदै नेशनल लाइफले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ।
त्यस्तै एलआईसी नेपालले १ अर्ब ३३ करोड १ लाख रुपैयाँ, हिमालयन लाइफले १ अर्ब १९ करोड ६२ लाख र सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ।
त्यस्तै सिटिजनले ९० करोड १६ लाख रुपैयाँ, एशियन लाइफले ८२ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्सले ७५ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ६२ करोड ८१ लाख रुपैयाँ, रिलायबलले ६२ करोड ५५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ६० करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले ५९ करोड ८३ लाख रुपैयाँ, सन नेपालले ४७ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशूल्क आर्जन गरेका छन्।
वृद्धिदरका आधारमा हेर्ने हो भने प्रभु महालक्ष्मीले आक्राम रुपमा व्यवसाय विस्तार गर्न सफल भएको छ। कम्पनीले ४८.९४ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा राष्ट्रिय जीवन बीमाको ४१.२६ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै एलआईसीको २७ प्रतिशत, नेपाल लाइफको २४.६० प्रतिशत, सूर्यज्योतिको २२.९६ प्रतिशत, नेशनलको १७.६२ प्रतिशत, हिमालयनको १३.५८ प्रतिशत र सिटिजनको १३.०८ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै सानिमा रिलायन्सको ६ प्रतिशत, एशियन लाइफको ४.९६ प्रतिशत र मेट लाइफको ३.८६ प्रतिशतले वृद्धि भएको छ भने ३ वटा कम्पनीको घटेको छ। यसरी घट्नेमा रिलायबलको २.९४ प्रतिशत आइएमईको ११ प्रतिशत र सन नेपालको २९.२७ प्रतिशतले प्रथम बीमाशुल्क आर्जन घटेको छ।
कुल बीमा शुल्क आर्जन
जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कुल ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा नेपाल लाइफको व्यवसाय १२.१६ प्रतिशतले बृद्धि भएर २२ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । साथै, बीमा शुल्क आर्जनको आधारमा दोस्रो नम्बरमा रहेको नेशनल लाइफको बीमा शुल्क आर्जन गत आवको तुलनामा १२.१४ प्रतिशतले बृद्धि भएर नौ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।
साथै, एलआइसी नेपालको व्यवसाय ९.६६ प्रतिशतले बृद्धि भएर नौ करोड ४६ रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको २.९३ प्रतिशतले बृद्धि भएर आठ अर्ब ३३ करोड रुपैयाँ, सूर्यज्योति लाइफको व्यवसाय १८.२६ प्रतिशतले बृद्धि भएर पाँच अर्ब ६ करोड रुपैयाँ रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको व्यवसाय १३.१४ प्रतिशतले बढेर चार अर्ब २१ करोड रुपैयाँ, सिटिजन लाइफको व्यवसाय २३.६० प्रतिशतले सर्वाधिक बृद्धि भएर तीन अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको बीमा शुल्क आर्जन १३.४९ प्रतिशतले बढेर तीन अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
यस अवधिमा मेट लाइफ नेपालको व्यवसाय ६.७८ प्रतिशतले बढेर दुई अर्ब ६ करोड रुपैयाँ, आइएमई लाइफको बीमाशुल्क आर्जन १५.७२ प्रतिशतले बृद्धि भएर दुई अर्ब ४४ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको व्यवसाय १९.०९ प्रतिशतले बढेर दुई अर्ब ४२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको व्यवसाय आक्रामक २३.४१ प्रतिशतले बृद्धि भएर दुई अर्ब ३ करोड रहेको छ भने सन नेपाल लाइफको बीमा शुल्क आर्जन १२.५२ प्रतिशतले बढेर दुई अर्ब रुपैयाँ रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन गत आवको तुलनामा ४१ प्रतिशतले घटेर दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित रहेको छ ।
नविकरण बीमा शुल्क आर्जन
जीवन बीमा कम्पनीहरुले ६३ अर्ब ३८ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नविकरण बीमा शुल्क आर्जन ४.९० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको मंसिर मसान्तको अवधिमा जीवन बीमा कम्पनीहरुले ६० अर्ब ४० करोड ३८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।
सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ६ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.८५ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ५६ रुपैयाँ पुगेको हो ।
त्यस्तै, एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२६ प्रतिशतले बढेर ८ अर्ब १२ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको ८.८० प्रतिशतले बढेर ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा नविकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको नविकरण बीमा शुल्क आर्जन २८.३३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा भने कम्पनीको नविकरण बीमा शुल्क मार्फत १ अर्ब २८ करोड रुपैयाँ मात्र संकलन गरेको थियो ।
त्यस्तै, नविकरण बीमा शुल्क आर्जन हिमालयन लाइफको ०.२५ प्रतिशतले बढेर ७ अर्ब ५ करोड, सूर्यज्योति लाइफको १३.०१ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड, एशियन लाइफको ११.८२ प्रतिशतले बढेर ३ अर्ब २९ करोड, सिटिजन लाइपफको २२.७२ प्रतिशतले बढेर २ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफको १०.६६ प्रतिशतले बढेर २ अर्ब ३६ करोड रहेको छ ।
यसअवधिमा नविकरण शुल्क मेट लाइफको ७.६२ प्रतिशतले बढेर २ अर्ब २४ करोड, प्रभु महालक्ष्मीको ६.८२ प्रतिशतले बढेर १ अर्ब ७४ करोड, आइएमई लाइफको १८.४५ प्रतिशतले बढेर १ अर्ब ७० करोड र सन नेपाल लाइफको १६.६४ प्रतिशतले बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । राष्ट्रिय जीवन बीमाको ५८ प्रतिशतको भने ४९.३५ प्रतिशतले घटेर २ अर्ब २४ करोड ८८ लाख रुपैयाँ सीमित भएको छ ।
प्रतिक्रिया