NIMB Header 2
Nepal Life

कोशी प्रदेशका नवप्रवर्तन उद्यमीको क्षमता अभिबृद्धिका लागि बैंकर्स संघ र डिएआई ग्लोबल विच समझदारी

National Life
  • BFIS News
  • 2025 Jan 22 16:25
कोशी प्रदेशका नवप्रवर्तन उद्यमीको क्षमता अभिबृद्धिका लागि बैंकर्स संघ र डिएआई ग्लोबल विच समझदारी
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स‍ एसोसिएसन (एनबीए) र डीएआई ग्लोबल यूके लि./उदय-इन्भेष्टमेन्ट एण्ड इन्नोभेशन फर इकोनोमिक डेभलपमेन्ट प्रोग्रामबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

Shikhar
NIMB

एनबीएका तर्फबाट कार्यकारी निर्देशक अनिल शर्मा र डीएआई ग्लोबल यूके लि./उदय-इन्भेष्टमेन्ट एण्ड इन्नोभेशन फर इकोनोमिक डेभलपमेन्टका तर्फबाट प्रमुख अरुण राणा (चीफ अफ पार्टी/टिम लिडर) ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताले बैंक तथा साना तथा मझौला उद्यम (एसएमई) हरूको दिगो वृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नका लागि सहकार्यात्मक पहल विकास गर्ने लक्ष्य राखेको छ। यो साझेदारी विशेष गरी कोशी प्रदेशमा एसएमई वृद्धिलाई समर्थन गर्न क्षमता अभिवृद्धि र समन्वयमा केन्द्रित हुनेछ।

दुवै पक्षबीचको यो सहकार्यले एसएमई ऋण प्रवाहमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले प्रभावकारी आवश्यकताको मूल्यांकन, लक्ष्य निर्धारण, तथा आवश्यक उपकरणहरूको उपलब्धता प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, स्रोत तथा ज्ञान साझेदारी, पहुँच विस्तार, प्रचारात्मक गतिविधि, कार्यक्रमहरू तथा अभियानहरू मार्फत सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउने योजना बनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया