अल्ट्रालोक्यापका विकास बैंकमा उछाल, हेर्नुहोस् कुन विकास बैंकको चुक्ता पूँजी कति ?
- BFIS News
- 2025 Jan Wed 22:11
काठमाडौं । शेयर खेलाडी दिपेन्द्र अग्रवाल 'अल्ट्रा लो क्याप'का विकास बैंकमा प्रवेश गरे सँगै विकास बैंकमा उछाल आएको छ । उनले सामाजिक सञ्जाल मार्फत अति कम चुक्ता पूँजी भएका विकास बैंकहरुमा लगानी गर्न आह्वान गर्दै आइरहेका छन् । यसरी सामाजिक सञ्जाल मार्फत उनले शेयर खरिद बिक्री गर्न आह्वान गरेका विषयमा भने आलोचना भइरहेको छ ।
दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी मुक्तिनाथ विकास बैंकको ७ अर्ब ४ करोड रहेको छ । बैंकको शेयर मूल्य ३६९ रुपैयाँ मात्रै छ । त्यस्तै दोस्रो धेरै चुक्ता पूँजी गरिमा विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड रुपैयाँ छ । यसको शेयर मूल्य ३८६ रुपैयाँ छ ।
विकास बैंकहरु मध्ये सबैभन्दा कम चुक्ता पूँजी नारायणी विकास बैंकको २६ करोड २४ लाख रुपैयाँ छ । त्यस्तै दोस्रो कम कर्णालीको ५० करोड २८ लाख छ । तर धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले अहिले कारोबार रोक्का गरेको छ । तेस्रो सानो कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ५२ करोड ५० लाख छ । कम्पनीको शेयर मूल्य १७५७ रुपैयाँ पुगिसकेको छ । जुन अलटाइम हाइ हो । ग्रिन डेभलपमेन्ट बैंकको चुक्ता पूँजी पनि ५३ करोड ८७ लाख छ । यसको शेयर मूल्य १३९८ रुपैयाँ छ । सिन्धुको ५५ करोड ७४ लाख रुपैयाँ छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ८३ करोड ४३ लाख रुपैयाँ छ ।
हेर्नुहोस् कुन विकास बैंकको चुक्ता पूँजी र शेयर मूल्य
विकास बैंकको खराव कर्जा
विकास बैंकको मुनाफा
प्रतिक्रिया