राष्ट्रिय बाणिज्य बैंकको ६ दशकको गौरवमय इतिहास, सरल पारदर्शी प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजना
- BFIS News
- 2025 Jan Thu 10:02
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक ५९ औं वर्ष पुरा गरी ६० वर्षमा प्रवेश गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लि. वि. सं. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो वाणिज्य बैंक हो ।
सर्वसाधारण जनतामा बैंकिङ आदतको विकास गरी वित्तीय सेवाको पहुँच अभिवृद्धि गर्दै राष्ट्रिय पुँजी निर्माण तथा देशको आर्थिक समुन्नतिका लागि उद्योग व्यवसायको विकासमा वित्तीय मध्यस्थताका रूपमा कार्य गर्दै नेपालको वर्तमान बैंकिङ प्रणालीको एक अगुवा बैंकका रूपमा सञ्चालनमा रहेको छ ।
साबिक राष्ट्रिय वाणिज्य बैंक ऐन २०२१ अन्तर्गत स्थापना भई बैंक सम्बन्धी कानूनी व्यवस्थामा परिवर्तन भएसँगै वाणिज्य बैंक ऐन, २०३१ र कम्पनी ऐन, २०६३ अनुसार वि.सं. २०६३ वैशाख ६ गते पब्लिक कम्पनीका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त यस बैंकले वित्तीय संस्थाका रूपमा बैंकिङ कारोबार गर्दै आएको छ ।
यस बैंकले आफ्नो ६ दशक लामो इतिहासमा विविध आरोह अवरोह पार गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए । बैंकिङ सेवाको विस्तार, सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह, प्राकृतिक तथा अन्य विपत्तिमा समेत बैंकिङ सेवामा निरन्तरता जस्ता विशेषता लिएको यस बैंकले वि.सं. २०५८ सालमा लागू भएको वित्तीय क्षेत्र सुधार कार्यक्रम पश्चात् प्रमुख परिसूचकमा उल्लेख्य सुधार गर्दै हाल नेपालको बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रूपमा क्रियाशील रहँदै आएको छ ।
नेपाल सरकारको स्वामित्व भन्नु नै नेपाली जनताको स्वामित्व हो भन्ने अवधारणका आधारमा 'तपाईंको आफ्नै बैंक' भन्ने नारा सहित नेपालीलाई सरल, सुलभ, विश्वसनीय एवं प्रविधियुक्त वित्तीय सेवा प्रवाह गर्ने अठोट पूरा गर्न बैंकले पञ्चवर्षीय राणनीतिक योजना २०२०/२०२५ तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ । बैंकले आफ्ना क्रियाकलापलाई सुस्पष्ट दिशानिर्देश गर्न निम्नानुसारका दूरदृष्टि, ध्येय तथा मूल्यमान्यतालाई अनुसरण गर्दै आएको छ ।
बाणिज्य बैंकले राष्ट्रको समृद्धिमा सदैव योगदान गर्दै आइरहेको छ । बैंकले वित्तीय पहुँचमा रहेका व्यवधान हटाई बृहत् दक्ष सेवा सञ्जाल, सामाजिक रूपमा उत्तरदायी व्यावसायिक प्रक्रिया र समानुभूतियुक्त जनशक्ति मार्फत सुरक्षित, नवीनतम एवं सुलभ वित्तीय सेवाको सुनिश्चितता गरी सम्पूर्ण नेपालीको जीवनस्तर अभिवृद्धि गर्न सदैव प्रयत्नरत रहदै आएको बैंकले जनाएको छ ।
२०८१ असार मसान्तमा बैंकको अधिकृत शेयर पुँजी रु. ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु. १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको छ । बैंकको विद्यमान पुँजी संरचना अनुसार नेपाल सरकारको ९९.९७ प्रतिशत र सर्वसाधारणको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । व्यवसाय विस्तारको परिणाम स्वरूप हासिल गरिएको मुनाफाको बाँडफाँट तथा सम्पत्तिको पुनर्मूल्याङ्कनबाट कोषहरूको वृद्धिसँगै २०८१ असार मसान्तमा बैंकको शेयरधनी कोष रु. ५२ अर्ब ४ करोड पुगेको छ ।
जनविश्वासको धरोहर
निक्षेपको आयतन नै बैंक उपर निक्षेपकर्ताले गरेको विश्वासको प्रतिविम्ब हो । बैंकले सर्वसाधारण तथा संस्थागत गरी करिब ४५ लाख ५० हजारभन्दा बढी निक्षेपकर्ताबाट आ.व. २०८१/८२ को पौष मसान्त सम्ममा रु. ४ खर्ब ४७ अर्ब ३२ करोड निक्षेप परिचालन गरेको छ । बैंकले समाजका हरेक वर्गका सर्वसाधारण तथा उद्यमी व्यवसायीसम्म वित्तीय सेवा पुऱ्याउने हेतुले राष्ट्रव्यापी शाखा सञ्जालद्वारा भौतिक एवं डिजिटल प्रविधि मार्फत विभिन्न वर्ग, पेसा, व्यवसाय, लिङ्ग आदि लक्षित आकर्षक र नवीनतम बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।
कर्जा प्रवाहमा विविधीकरण तथा क्षेत्रगत सन्तुलन
नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम राष्ट्रिय अर्थतन्त्र विकासका लागि कृषि, जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको विकास र प्रवर्द्धनका लागि पुँजी उपलब्ध गराउने, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाका लागि महिला उद्यमशील कर्जा, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा लगायतका विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा तथा आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि अर्थतन्त्रका सबै पक्षलाई समेट्ने गरी व्यावसायिक / परियोजना कर्जा तथा उपभोक्ता कर्जा योजनाहरू मार्फत २०८१ पौष मसान्त सम्ममा २ लाखभन्दा बढी ग्राहकलाई रु. २ खर्ब ७९ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ ।
यस बैंकले चालू आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्न क्रमशः 'किसानसँग राष्ट्रिय वाणिज्य बैंक र एक प्रदेश एक विशेष कर्जा कार्यक्रम लागू गर्न सुरु गरेको छ । बैंकको निष्क्रिय कर्जा विगत वर्षहरूदेखि क्रमिक रूपमा घट्दै गइरहेकोमा हाल बैंकिङ प्रणालीमा 'निष्क्रिय कर्जाको अनुपात वृद्धि भइरहेको अवस्थामा २०८१ असार मसान्तमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.२८ प्रतिशत बिन्दुमा रहेको छ ।
मुनाफामा निरन्तरता
बैंकको सञ्चालनगत एवं व्यवस्थापकीय कार्यदक्षतालाई वार्षिक रूपमा आर्जन हुने मुनाफाले प्रतिविम्बित गर्दछ । वित्तीय सुधार कार्यक्रम लागू भए पश्चात् आ.व. २०६०/६१ देखि नै निरन्तर मुनाफा आर्जन गर्न बैंक सफल रहेको छ । सुनाफा आर्जनलाई निरन्तरता दिँदै गत आ.व. २०६०/६१ मा रु. २ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको छ। बैंकले आ.व. २०७५/०७६ देखि नै नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय सुनाफा आर्जन गर्दै मुनाफा आर्जनलाई निरन्तरता दिएको छ । आर्जित सुनाफाबाट आ.व. २०७५/७६ मा १२-० प्रतिशत नगद लाभांश, आ.व. २०७६/७७ मा ४.५० प्रतिशत (२ प्रतिशत बोनस शेयर २२-५० प्रतिशत नगद लाभांश) आ.व. २०७७/७८ मा ३३.० प्रतिशत (३० प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश), आ.व. २०७८ /७२ मा १२ ५० प्रतिशत (५० बोनस शेयर र ७ ५० प्रतिशत नगद लाभांश) र आ.व. २०७२/८० मा ५.५० प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनोलाई राम्रो प्रतिफल दिन सफल भएको छ ।
सरकारी कारोबारमा नेपाल सरकारको प्रमुख सहयात्री
सोय सरकारका कुल ८१ वटा कोष तथा लेखानियन्त्रक कार्यालयहरूमध्ये ५० वटा, प्रदेश सरकारका ७७ मध्ये ५१ वटा, ७५३ मध्ये १२८ वटा स्थानीय तहको सम्पूर्ण खर्च भुक्तानी तथा सरकारो कारोबार यसै बैक मार्फत हुने गरेको छ । यस्तै बैंकले राजस्व सङ्कलन गर्ने प्रयोजनका लागि समेत शाखा तथा विस्तारित काउन्टरका साथै अन्य सबै शाखा सञ्जाल मार्फत नेपाल सरकारको राजस्व सङ्कलन कार्यमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । समग्रमा नेपालको कुल सरकारो कारोवारको आधाभन्दा बढी हिस्सा यसै बैंक मार्फत हुँदै आएको छ ।
नेपाल सरकारका निजामती सेना, प्रहरी, शिक्षक लगायतका सेवाबाट सेवानिवृत्त १ लाख ६० हजारभन्दा बढी व्यक्तिको निवृत्तिभरण भुक्तानी गर्ने यस बैंकको निवृत्तिभरण भुक्तानोमा ६० प्रतिशतभन्दा बढो हिस्सा रहेको छ । समयानुकूल प्रविधिमैत्री प्रणालो मार्फत कारोबार गर्दै जाने नेपाल सरकारको योजनामा समेत हातेमालो गर्दै बैंकले आफ्नो बैंकिङ प्रणालीलाई सोही अनुरूप परिमार्जन गर्दै लगेको छ। साथै नेपाल सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको भुक्तानी सम्बन्धो अधिकांश कारोबार यसै बैंक मार्फत हुने गरेको छ ।
सरकारी राजस्वमा योगदान
बैंकले आर्जन गरेको नाफाबाट प्रचलित कानून बमोजिम नेपाल सरकारलाई आयकर भुक्तानो गर्नुका साथै ब्याज कर तथा स्रोतमा कर कट्टो लगायतका कार्य गरो सरकारको राजस्व सङ्कलनमा उल्लेख्य योगदान गर्दै आएको छ। आयकर बापत नेपाल सरकारलाई गत आ.व. २०८०/८१ मा रु. १ अर्ब ७५ करोड, आ.व. २०७२/८० मा रु. २ अर्ब १८ करोड, आ.व. २०७८/०७२ मा रु. १ अर्ब ७२ करोड ४० लाख दाखिला गरेको छ भने आ.व. २०७४/०७५ मा बैंक तथा वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्था मध्येमा सबैभन्दा बढो आयकर दाखिला गरे बापत आठौं राष्ट्रिय कर दिवस २०७६ का अवसरमा नेपाल सरकारबाट सम्मान समेत प्राप्त गरेको छ ।
राष्ट्रव्यापी शाखा सञ्जाल
देशभरका ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम सहित २२४ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा २५ शाखारहित बैंकिङ एकाइ मार्फत बैकले आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आइरहेको छ । सङ्घीय संरचना अनुरूप सातै प्रदेशमा प्रादेशिक कार्यालय मार्फत ग्राहक सेवालाई छिटो र प्रभावकारी बनाइएको छ। व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीति अनुरूप चालू आर्थिक वर्ष सम्ममा शाखा सङ्ख्या ३३० पु-याउने लक्ष्य रहेको छ ।
ग्राहक, विभिन्न तहका सरकार, नियामक निकाय तथा सर्वसाधारणको सहयोग तथा भरोसाका कारण यो बैंक ठूलो शाखा सञ्जाल सहित अग्रणी वाणिज्य बैंकका रुपमा सञ्चालित छ ।
रोजगारी सिर्जनामा योगदान
प्रत्यक्ष रूपमा करिब तीन हजार जनशक्तिलाई रोजगारी प्रदान गरेको यस बैंकले स्थापना कालदेखि नै बैंकका लागि आवश्यक जनशक्ति परिपूर्ति मार्फत ठूलो सख्यामा रोजगारी सिर्जना गर्दै आएको छ । बैकले प्रवाह गरेको कर्जा मार्फत राष्ट्रिय उत्पादनको वृद्धि तथा बढ्दो आर्थिक गतिविधिको परिणाम स्वरूप अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना हुनगई गरिबी निवारणमा समेत सकारात्मक योगदान गरेको छ । बैंकले लघु, साना, कृषि तथा सहुलियपूर्ण कर्जा लगानो मार्फत ऋणो तथा निजका परिवारलाई स्वरोजगार बनाउँदै लगेको छ । चालू आर्थिक वर्षको कार्यक्रममा स्थानीय सोपको प्रयोग मार्फत ग्रामीण अर्थतन्त्रको विकास, रोजगारी सिर्जना तथा स्थानीय जोवनस्तर सुधारका लागि 'ग्रामीण जीवनमा सुधार, SME कर्जाको विस्तार' कार्यक्रम तय गरो कार्य प्रारम्भ समेत गरिसकेको छ ।
कारोबार प्रणालीमा प्रविधिको निरन्तर स्तरोन्नति
बैंकले स्थापनाको सुरुवातदेखि लामो समयसम्म हस्तलिखित खाता प्रणालीबाट कारोबारको हिसाबकिताब राख्दै आएकोमा वि.सं. २०६० सालदेखि RBBSYS बाट कारोबारलाई कम्प्युटर प्रणाली मार्फत Automation गर्ने कार्य सुरु गरेको र हालको कारोबार प्रणालोलाई समेत समयसापेक्ष सुधार गर्न IT Enhancement Roadmap तयार गरी सोको कार्यान्वयन मार्फत कारोबार प्रणालोको स्तरवृद्धि गर्ने चरणमा रहेको छ । प्रविधिमा आधारित ATM, Debit Card, Credit Card, Any Branch Banking Service (ABBS), Mobile Banking, Internet Banking, Branchless Banking, Point of Sales (PoS), Quick Response (QR) Code लगायतका अत्याधुनिक वित्तीय सेवा विस्तारलाई प्राथमिकता दिई मौजुदा प्राविधिक पूर्वाधारको स्तरोन्नतिका लागि बैंकले योजनाबद्ध रूपमा लगानी वृद्धि गर्दै आएको छ। आ.व. २०७२/८० मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढो डिजिटल कारोबार आ.व. २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढो डिजिटल सरकारो कारोबार गरे बापत नेपाल क्लियरिङ हाउसबाट सम्मान प्राप्त गरिरहेको छ । २०७३ सालमा CAN Federation र नेपाल सरकारले संयुक्त रूपमा Best ICT User in Public Sector Award बाट सम्मानित भएको छ ।
प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्व बहन
बैंकले समाजप्रतिको बृहत्तर उत्तरदायित्व निर्वाह गर्ने क्रममा देवो तथा प्राकृतिक प्रकोप पोडितलाई आर्थिक सहायता, देशको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा वातावरण संबर्द्धन तथा संरक्षण, वित्तीय साक्षरता कार्यक्रम शैक्षिक स्तरवृद्धिका लागि विद्यालयहरूलाई शैक्षिक सामग्री वितरण रक्तदान कार्यक्रम, सामाजिक संस्था/ पार्क व्यवस्थापन कार्यमा सहकार्य, स्थानीय निकाय, क्लब तथा सामाजिक संस्थाहरू सँगको सहकार्यमा अन्य सामाजिक कार्यमा उल्लेखनीय आर्थिक सहयोग पुयाउँदै आएको छ । यसै वर्ष असोज महिनामा आएको बाढीबाट प्रभाषितलाई राहत तथा उद्धारका लागि बैंकले प्रधानमन्त्रो दैवीप्रकोप उद्धार कोषमा रु. २ करोड रकम सहयोग गरेको छ ।
भावी कार्ययोजना
वित्तीय बजारमा प्रतिस्पर्धी रहिरहन बैंकले पुँजी आधार तथा व्यावसायिक क्षमता विस्तार बैंकिङ सेवाको गुणस्तरमा बृद्धि आवश्यक नीति नियमको तर्जुमा सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष सदृढीकरण बैंकिङ तथा गैरबैंकिङ सम्पत्तीको प्रभावकारी व्यवस्थापन डिजटल तथा भौतिक माध्यम मार्फत वित्तीय सेवा पहुँचमा विस्तार सरल तथा समयसापेक्ष कार्यप्रक्रिया निर्माण कर्मचारीको कार्यदक्षता अभिबृद्धि रेमिट्यान्स कारोबारमा बैंकको हिस्सा बृद्धि नेपाल सरकार तथा नियामक निकायका नीति नियमको पूर्ण पालना गरी सरल पारदर्शी प्रतिस्पर्धी तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेको छ ।
प्रतिक्रिया