खुद व्याज आम्दानीमा गिरावट आउदा फर्स्ट माइक्रोफाइनान्सको मुनाफा ३८ प्रतिशतले घट्यो
- BFIS News
- 2025 Jan Fri 06:54
काठमाडौं । खुद व्याज आम्दानीमा गिरावट आउदा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मुनाफामा ३८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ८६.२६ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशत घटेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८७ प्रतिशतबाट बढेर ४.४४ प्रतिशत पुगेको छ।
१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ सापटिबाट ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ।
प्रतिक्रिया