कृषि विकास बैंकले कृष्णाष्टमीका दिन प्रदेश र मुख्य शाखा कार्यालय खुला राख्ने

  • BFIS News
  • 2023 Sep Mon 21:27
कृषि विकास बैंकले कृष्णाष्टमीका दिन प्रदेश र मुख्य शाखा कार्यालय खुला राख्ने

काठमाडौं । कृषि विकास बैंकले श्री कृष्णाष्टमीका दिन १६ वटा शाखा कार्यालयको काउन्टर खुला राख्ने भएको छ । बैंकले उपत्यका भित्रका कर्पोरेट बैंकिङ रामशाहपथ, शाखा कार्यालयहरु महाराजगंज, गठ्ठाघर र सातदोबाटो खुला रहनेछन् । मुख्य तथा सम्पुर्ण प्रदेश कार्यालयहरु खुला रहने बैंकले जनाएको छ ।

प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, विरगंज, काठमाडौं, विरेन्द्रनगर, पोखरा, भैरहवा, दांग, सुर्खेत र धनगढी काउन्टर सञ्चालन हुनेछन् ।

मुख्य शाखा कार्यालय तर्फ विराटनगर, शाखा कार्यालय बिर्तामोड, शिवचोक, सिमता बारा, नारायणगढ, चिप्लेढुङ्गा, सिद्धार्थनगर, त्रिमार्ग घोराही, कोहलपुर, सुर्खेत, धनगढी र महेन्द्रनगर सञ्चालन हुने बैंकले जनाएको छ । बैंकले उक्त शाखा तथा प्रदेश कार्यालय विहान १० बजेदेखि अपरान्ह साढे एक बजेसम्म खुला रहनेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया