गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
- BFIS News
- 2025 Jan Fri 21:37
काठमाडाैं, माघ १८ गते । गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गरेकी छिन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन् ।
गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन् । उनले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गरेकी छिन् ।
आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समयअघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।
प्रतिक्रिया