Nepal Life

मार्जीन कारोबारका लागि ४१ % कम्पनी मात्रै योग्य, १०२ कम्पनीबाट मात्रै पाइन्छ शेयर कर्जा, कुन बैंकको व्याजदर कति ?

National Life
  • BFIS News
  • 2025 Feb Sat 19:05
मार्जीन कारोबारका लागि ४१ % कम्पनी मात्रै योग्य, १०२ कम्पनीबाट मात्रै पाइन्छ शेयर कर्जा, कुन बैंकको व्याजदर कति ?
RBB

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बैंक ४१ प्रतिशत कम्पनी मात्रै मार्जीन कारोबारका लागि योग्य देखिएका छन् । सूचीकृत २४४ वटा कम्पनी माध्ये १०२ वटा कम्पनी मात्रै मार्जीन मार्जीवन कारोबार योग्य देखिएका हुन् ।

NIMB

बैंक वित्तीय संस्थाले मार्जीन कारोबारका लागि नेप्सेले योग्य भनेका कम्पनीमा मात्रै शेयर धितो कर्जा प्रवाह गर्ने गरेका छन् । यसले गर्दा लगानीकर्ताले मार्जीन कारोबार योग्य कम्पनीबाट मात्रै शेयर लोन पाउन सक्छन् ।

जसमा १६ वटा बाणिज्य बैंक छन् । त्यस्तै ६ वटा विकास बैंक, फाइनान्समा आइसिएफसी मात्रै परेको छ । ३३ वटा लघुवित्त वित्तीय संस्था, १८ वटा बीमा कम्पनी, ४ वटा लगानी कम्पनी, चार वटा उत्पादन तथा प्रशोधनमुलक कम्पनी, १५ वटा जलविद्युत कम्पनी, २ वटा होटल, नेपाल पुनर्बीमा तथा नेपाल टेलिकम सूचीमा परेका छन् । हिमालयन रि भने सूचीमा परेको छैन ।

मार्जीन कारोबार सम्बन्धी व्यवस्था

शेयर धितो कर्जा प्रवाह गर्दा सुरक्षणवापत राखिने शेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ । एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्याङ्कन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

यसरी प्रवाह भएको कर्जाको अवधि एक वर्षभन्दा बढी हुने छैन । सेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणीले आपूmले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न सकिनेछ ।

तर, अन्य प्रयोजनको लागि प्रवाह भएको कर्जाको लागि थप सुरक्षणस्वरुप ऋणीले दिएको सेयर धितोको हकमा यो व्यवस्था लागू हुने छैन । सम्बन्धित बैंक/वित्तीय संस्थाले कर्जा प्रयोजनका सम्बन्धमा आवश्यक सूचना, तथ्यांक र विवरण सम्बन्धित कर्जा फाइलमा अद्यावधिक गरेको हुनुपर्नेछ । सो सम्बन्धमा थप धितो सुरक्षणस्वरुप लिइने त्यस्तो सेयर, अतिरिक्त धितोको रुपमा मात्र रहने छ ।  

देहायका अवस्थामा सेयर धितोमा कर्जा प्रवाह गर्न पाइदैन :-

क) यस बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु,

ख) नेटवर्थ ऋणात्मक भएका संस्थाहरु,

ग) नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु,

घ) आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,

ङ) पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु,

च) व्यवसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्थाहरु,

छ) विगत तीन वर्षदेखि साधारण सभा नगरेका संस्थाहरु,

ज) कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु

कुन बैंकको व्याजदर कति ?

बैंक वित्तीय संस्थाहरु मध्ये नेपाल बैंकले सबैभन्दा कम व्याजदरमा शेयरधितो कर्जा प्रावह गर्दै आइरहेको छ । नेपाल बैंकले ६.२१ प्रतिशतमै शेयरधितो कर्जा प्रवाह गर्ने गरेको छ ।

बैंकहरुका लागि शेयरधितो कर्जा सबैभन्दा सुरक्षित क्षेत्र मानिन्छ । राष्ट्र बैंकले पनि कडाइ गर्ने भएकाले यसमा बैंकहरु सधै सुरक्षित अवस्थामा रहन्छन् । यसले गर्दा पनि बैंकहरु शेयर धितो कर्जामा सबैभन्दा धेरै आकर्षित भएका हुन् ।

दोस्रो सस्तो व्याजदर राष्ट्रिय बाणिज्य बैंकको ६.६४ प्रतिशत र तेस्रो कम कृषि विकास बैंकको ६.७८ प्रतिशत छ । एभरेष्ट बैंकको ६.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.९५ प्रतिशत, सिद्धार्थ बैंकको ७.१३ प्रतिशत रहेको छ । नबिल बैंकले पनि ७.३१ प्रतिशतमै शेयरधितो कर्जा प्रवाह गर्दै आइरहेको छ । कुनै समयमा फाइनान्सहरु शेयर धितो कर्जामा आक्रामक देखिने गरेकोमा अहिले बाणिज्य बैंकहरु नै अगाडी छन् ।

मार्जीन कारोबार योग्य कम्पनीहरु 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया