नेपाल वेयरहाउजिङ्गको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार शर्मा नियुक्त
- BFIS News
- 2025 Feb Mon 10:47
काठमाडौं । नेपाल वेयरहाउजिङ्गले पवन कुमार शर्मालाई आगामी एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । नेपालमा वेयरहाउजिङ्गको व्यवसायिक अवधारणा नयाँ भएको भन्दै कम्पनीले विज्ञको रुपमा शर्मालाई नियुक्त गरेको हो ।
श्रम तथा व्यवस्थापन सुरक्षा विभागको स्वीकृति सँगै कम्पनीले उनलाई आगामी एक वर्षको लागि नियुक्त गरेको हो । शर्माको भारतमा कोल्याट्रल म्यानेजमेन्ट, वेयरहाउस रिसिप्ट् फाइनान्सिङ्ग तथा वेरहाउजीङ्ग सम्बन्धी तिन दशक भन्दा बढीको अनुभव रेहेको छ । उनले भारतको 'Agri Commodities warehousing', 'Structure Trade Finance & Supply chain management professional' लगायतका कम्पनीमा काम गरिसकेका छन् ।
शर्माले श्रम तथा व्यवस्थापन सुरक्षा विभागबाट यही माघ चार गते नेपाल वेयरहाउजिङ्ग कम्पनीमा एक वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्न श्रम इजाजत प्राप्त गरेका थिए । त्यसै बमोजिम आइतबारको दिन बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई एक वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।
यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, टिम भेन्चर्स, नेपाल इन्फ्रास्टक्चर बैंक, एनएमबि बैंक र आइएमई जनरल इन्स्योरेन्स प्रमुख लगानीकर्ता रहेका छन् । कम्पनीले देशका तीन स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित आधुनिक खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषि वस्तु सङ्कलक, खाद्यान्न प्रशोधनकर्ता, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले हालसम्म तीन वटा जिल्लाहरूमा ५५ हजार मट्रीक टनको वेयर हाउस निर्माण गरेको छ ।
नेपालमा कमोडीटी मार्केटको विकास अझै पनि प्रारम्भिक चरणमा रहेकाले यसले भविष्यमा ठुलो बजार पाउने सम्भावना छ । कम्पनीले भारतबाटै व्यवस्थापक झिकाएर प्राविधिक रुपमा आफुलाई अझ सशक्त बनाउन खोजेको छ ।
प्रतिक्रिया