Nepal Life

गभर्नर अधिकारीले बझाङको साइपालमा उद्घाटन गरे नयाँ शाखा, ७५३ वटै स्थानीय तहमा वित्तीय सेवा विस्तार

NMB Bank
  • BFIS News
  • 2025 Feb 10 18:41
गभर्नर अधिकारीले बझाङको साइपालमा उद्घाटन गरे नयाँ शाखा, ७५३ वटै स्थानीय तहमा वित्तीय सेवा विस्तार
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकले बझाङको साइपाल गाउँपालिकामा नयाँ शाखा उद्घाटन गरेका छन् । एक विशेष समारोहका बीच अधिकारीले उद्घाटन गरेका हुन् । 

Shikhar
NIMB

एभरेष्ट बैंक लिमिटेडले बझाङको दुर्गम क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै स्थानीय बासिन्दाहरूलाई बैंकिङ सुविधा पुर्‍याएको छ। यस शाखाको स्थापना सँगै नेपालका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा विस्तार भएको छ । 

उद्घाटन समारोहमा गभर्नर अधिकारीले वित्तीय समावेशिताको महत्त्वमाथि प्रकाश पार्दै ग्रामीण भेगमा वित्तीय पहुँचको वृद्धि अर्थतन्त्रको सबलिकरणका लागि महत्वपूर्ण रहेको बताए । उनले एभरेष्ट बैंकको सेवा विस्तारले साइपाल गाउँपालिकाका स्थानीयहरूलाई सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न भौगोलिक क्षेत्रहरूमा आफ्ना शाखाहरू विस्तार गर्दै आएको छ, जसले वित्तीय समावेशिता र आर्थिक विकासमा टेवा पुर्‍याउँदै आएको छ। बैंकले आगामी दिनहरूमा पनि अझ धेरै दुर्गम तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्ने योजना बनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया